गोरखापत्र अनलाइन
काठमाडौं, असोज २९ गते । जग्गाको मोही नामसारी गर्ने नाममा सेवाग्राहीबाट घुस लिने दुई खरिदार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन् । दुबैजनाले सेवाग्राहीसँग छ हजार रुपियाँ घुस वापत लिएको आयोगको दाबी छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार नियन्त्रणमा लिइएकाहरुमा भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवा, कपिलवस्तुका खरिदारद्वय सूर्यप्रसाद मिश्र र दुर्गाप्रसाद चौधरी रहेका छन् । दुबैजनालाई नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो ।
आयोगका अनुसार खरिदारद्वय मिश्र र चौधरीले जग्गाको मोही नामसारी गर्ने प्रयोजनका लागि सेवाग्राहीबाट घुस लिदा कार्यालय परिसरमा पक्राउ गरिएको छ ।