तम्घास, कात्तिक १ गते । गुल्मीमा आफ्नै १३ बर्षिय छोरीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा बाबु पक्राउ परेका छन् ।
जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ४ दोहोलीका ४१ बर्षिया बाबु पक्राउ परेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
बाबुले असोज २९ गते साँझ मालिका गाउँपालिका ६ अर्जैमा छोरीलाई जबरजस्ती करणी गर्न खोजेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिनुभयो ।
पीडितकी आमाले प्रहरीमा जायरी दिएपछि पक्राउ परेका बाबुलाई गुल्मी अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बाबु वैदेशिक रोजगारीबाट आएको र मदिरा सेवन गरेको झोकमा छोरीलाई जबरजस्ति करणी गर्न खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको खड्काले जानकारी दिनुभयो ।
बाबु छोरीकै नाम गोप्य राखी जबरजस्ती करणीको मुद्धा चलाइएको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो ।