logo
२०८१ मंसिर ९ आईतवार



काँग्रेस बैठकमा उपनिर्वाचनबारे छलफल हुने

खुला |


काँग्रेस बैठकमा उपनिर्वाचनबारे छलफल हुने


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक १ गते । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक ७ गते बस्नेछ । बैठकमा मंसिर १४ गतेका लागि निर्धारित उपनिर्वाचनबारे छलफल हुनेछ ।
नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकमा केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यहरुलाई उपस्थितिको लागि आग्रह गरिएको जानकारी दिनुभयो । बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा अपरान्ह दुई बजेदेखि बस्नेछ ।
असोज दोस्रो साता बसेको बैठकमै छलफल हुने भनिएपनि नेपाल लोकतान्त्रिक फोरमसँगको समायोजन प्रकृया टुंग्याउँदै उपनिर्वाचन सम्बन्धी छलफल कार्यसूचीबाट अर्को बैठकका लागि सारिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?