logo
२०८१ मंसिर ९ आईतवार



सरकारी कोष दुरुपयोगको अभियोगमा मुद्दा 

खुला |


सरकारी कोष दुरुपयोगको अभियोगमा मुद्दा 


काठमाडौँ, कात्तिक १ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक धरमपानी गाविसमा क्रियाशील ग्रामीण विकास समाजका अध्यक्षसहित दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।    
    
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार ग्रामीण विकास समाजका अध्यक्ष नरबहादुर गुरुङ र कोषाध्यक्ष कृष्णबहादुर गुरुङले ग्रामीण विद्युतीकरणका लागि प्राप्त भएको रु १९ लाख ४० हजार ९२६ बराबरको सरकारी अनुदान दुरुपयोग गरेको पाइएको छ ।

उनीहरुलाई बिगो असुल गरी कारवाहीको मागसहित विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?