logo
२०८१ मंसिर ८ शनिवार



नेपाल-भारत सीमा नाका ४८ घण्टाका लागि बन्द

खुला |


नेपाल-भारत सीमा नाका ४८ घण्टाका लागि बन्द


दमक, कात्तिक ३ गते । शनिबार साँझ ५ बजेदेखि झापासँग सिमा जोडिएको नेपाल–भारतको सीमा नाका बन्द गरिएको छ ।

केहि समय अघि नेपाल र भारतका सुरक्षा अधिकारीहरुबीच भएको छलफलमा कार्तिक २ गतेदेखि ४ गतेसम्म (४८ घण्टा) विहारसँग सिमा जोडिएको क्षेत्रमा बोर्डर बन्द गर्ने सहमति भएको थियो ।

विहार राज्य स्थित किशनगञ्ज जिल्लामा कार्तिक ४ गते हुने विधानसभाको उपनिर्वाचनमा घुसपैठ नहोस भनेर शनिबार बेलुका ५ बजेदेखि सोमबार बेलुका ५ बजेसम्म बोर्डर बन्द गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दिनेशराज मैनालीले बताउनुभयो ।

भद्रपुर नगरपालिकासँगै झापाको पाठामारी, केचना, घेराबारी, टाघनडुब्बा, गौरीगञ्ज लगायतका नाका सिल हुने प्रहरीले जनाएको छ । निर्वाचनलाइ लक्षित गरेर सिमा क्षेत्रमा भारतीय प्रहरीको गस्ति पनि बढेको छ । यसभन्दा निर्वाचनको समयमा दुइ देशको सीमा नाका बन्द हुँदै आएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?