logo
२०८१ मंसिर ८ शनिवार



तस्करीमा प्रयोग गरिएका मोटरसाइकल बरामद

खुला |


तस्करीमा प्रयोग गरिएका मोटरसाइकल बरामद


जनार्जन खत्री

सर्लाही, कात्तिक ३ गते । सर्लाही प्रहरीले अवैध सामान ओसारपसारमा प्रयोग गरिएका २० वटा मोटरसाइकल बरामद गरी भन्सारमा बुझाएको छ ।

असोज महिनाभर जिल्लाका विभिन्न स्थानबाट तस्करले अवैध सरसामान ओसारपसार गर्दागर्दै बरामद गरिएका ती सबै मोटरसाइकल जिल्ला भन्सार कार्यालय मलङ्गवामा बुझाइएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो ।

बरामद भएका सबै मोटरसाइकल भारतीय नम्वरका हुन् । अवैध सामान बरामद गर्ने बित्तिकै भन्सारमा बुझाइए पनि मोटरसाइकलहरु भने आवश्यक अनुसन्धान पश्चात बुझाइएको प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो ।

जिल्लाको खुला सीमा नाका हुँदै भारतीय बजारबाट प्रहरीको आँखा छली तस्करहरुले अवैध सामान भित्राउने गरेका छन् । यता यसरी प्रहरीले बरामद गरेर महिनैपिछेजसो बुझाइरहेको मोटरसाइकल र अन्य सवारी भन्सार कार्यालयमा त्यसै थन्किएका छन् । जिल्ला भन्सार कार्यालयले विगत पाँच वर्षदेखि भन्सार छलीमा प्रयोग भई नेपाल प्रहरी र सशस्त्र प्रहरीले बुझाएको सवारी लिलाम गर्न सकेको छैन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?