logo
२०८१ मंसिर ९ आईतवार



प्रहरी चौकी भंगरा पर्वतलाई निशुल्क जग्गा

खुला |


प्रहरी चौकी भंगरा पर्वतलाई निशुल्क जग्गा


पर्वत, ४ कात्तिक । 

जिल्ला प्रहरी कार्यालय पर्वत मातहत प्रहरी चौकी भंगराको भवन निर्माण गर्नको लागि ३ रोपनी जग्गा निशुल्क प्राप्त भएको छ ।
स्थानीय जनप्रतिनिधि, भद्रभलादमी, नागरिक समाज र जिल्ला प्रहरी कार्यालय पर्वतको विशेष पहलमा फलेवास नगरपालिका–९ बस्ने ४१ वर्षीय मान बहादुर क्षेत्रीले सोही स्थानमा आफ्नो नाममा रहेको करिब ५ लाख रुपैयाँ मूल्य बराबरको उक्त जग्गा प्रहरी चौकी भंगरालाई प्रदान गर्नुभएको हो ।

उक्त जग्गाको लालपुर्जा जिल्ला प्रहरी कार्यालय पर्वतका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्याललाई हस्तान्तरण गर्दै जग्गादाता क्षेत्रीले समाजमा शान्ति सुरक्षाको प्रत्याभूतिको लागि प्रहरीको भूमिका अहम रहने र प्रहरी विना शान्त समाजको कल्पना समेत गर्न नसकिने हुँदा उक्त सहयोग गरेको बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?