logo
२०८१ मंसिर ७ शुक्रवार



एम्बुलेन्स दुर्घटनामा ६ घाइते, चार जना गम्भीर

खुला |
फिचर |


एम्बुलेन्स दुर्घटनामा ६ घाइते, चार जना गम्भीर
तस्बीर क्रान्ति लामाकाे फेसबुकबाट साभार


गाेरखपात्र अनलाइन 

काठमाडाै, कार्त्तिक ५ गते । शव बोकेर काठमाडौंवाट सिराहजाँदै गरेको एम्बुलेन्स काभ्रेको रोशी खोलाको दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काभ्रेको नमोबुद्ध नगरपालिका–५ ल्हासकोटमा एम्बुलेन्स दुर्घटनामा परेको हो ।

मंगलवार बिहान बिपि राजमार्ग अन्तर्गत ल्हास्कोटमा एम्बुलेन्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
काठमाडाैंबाट सिराह तर्फ जाँदै गरेको स १ च ११९१ नम्बरको शव बोकेको एम्बुलेन्स नमोबुद्ध नगरपालीका वडा नं ५ स्थित ल्हास्कोटमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सु–स्वास्थ्य हेल्थ कियर प्रा.लीद्धारा सञ्चािलत उक्त एम्बुलेन्समा एउटा शब सहित १० जना सवार थिए ।

एम्बुलेन्स सडकबाट करिब ३० मिटर तल खोलामा खसेको थियो । दुर्घटनामा परि एकै परिवारका सोहित शाह, देबकुमार शाह, उनका श्रीमती निलुकुमारी शाह र श्रीराम शाह गरि चार जना गम्भिर घाईते भएका छन भने अरु दुई जना सामान्य घाईते भएका छन् । गम्भिर घाईतेमध्येका एक सोहित शाहलाई थप उपचारका काठमाडौंको अन्नपूर्ण अस्पतालमा रिफर गरिएको छ । दुर्घटनामा घाइते भएका अन्यको धुलिखेल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?