logo
२०८१ मंसिर ८ शनिवार



तराईका जिल्लाका बजारमा तिहार र छठपर्वको चहलपहल बढ्दै

खुला |
प्रदेश |


तराईका जिल्लाका बजारमा तिहार र छठपर्वको चहलपहल बढ्दै


मनोज तिमल्सिना
रौतहट,कात्तिक ७ गते । तिहार र छठपर्व नजिकिँदै गर्दा रौतहटका प्रमुख बजारहरुमा भिड बढ्दै गएको छ । तिहारको मुखैमा घर रंगाउने,झिलिमिली पार्ने,लिपपोत गरि घरवरपरका आँगन,बाटो सफा गर्ने कामहरु यहाँका नागरिकमा चटारो झल्को देखिएको छ ।


दसैं सकिएपछि यतिबेला तराईका रोतहट लगायउतका जिल्लामा तिहारको रौनक छाएको छ । यहाँका हार्डबेयर पसल,रंग पसल,कपडा पसल,झिलिमिलि पार्न विजुली पसल,मिठाई पसल,खाद्यान्न तथा धातुपसलहरुमा घुँइचो बढेको छ । दिदिबहिनीहरुले बजारमा भाइटीकाका लागि मसला,रङ र लत्ताकपडा किन्न थालिसकेका छन् । घरको भित्र बाहिर सजाउने र सरसफाई लगाएतका कार्यमा दाजुभाईहरु जुट्न थालेका छन् । सवैका मुहारमा तिहारको स्वागत गरिरहेको देखिएको छ ।


तिहारको छेवैमा जिल्लाका उत्तरी तथा दक्षिणी भेगका पसलहरुमा तिहार र छठपर्वको किनमेल गर्न भिडको चाप बढेको भएको चन्द्रनिगाहपुरका धातु ब्यापारी खडानन्द तिमल्सिनाले बताउनुभयो ।  पसलमा लक्ष्मिपुजाका लागि चाँदीलगायतका अन्य पुजा सामग्री किन्न भिड लाग्न थालेको उहाँले जनाउनुभयो ।


जिल्लाको उत्तरी भेगको प्रमुख बजार चन्द्रनिगाहपुर लगायतका अन्य बजारमा तिहारका लागि ससाना आकर्षक प्याकेटमा भाइटिका–मसला सजाएर राखिएका छन् । नेपालका विरगंज,काठमाडौं र भारतीय बजारका होलसेल तथा डिपार्टमेन्टबाट यहाँका ब्यापारलिे तिहारका लागि सामान ल्याउने गरेका छन् । स्थानीय हाटबजारबाट बदाम, काजु, नरिवल, सुपारी, बदाम, ल्वाङ, सुकमेल, छोकडा लगायतका अन्य भाइ–मसला तयार पार्ने कार्यमा स्थानीय खुद्रा ब्यापारी लागिपरेका छन् । त्यस्ता ब्यापारीले एक सयदेखि पाँचसय रुपैयाँसम्मका भाइटिका–मसला बिक्रीका लागि राख्दै आएका छन् ।


जुडिबेलास्थित घरको आँगनमा रंगोली बनाउन रंग किन्न लागिपरिरहेकी स्थानीय दुर्गा शर्मा तिहारमा रंगोली बनाउन आफुले विभिन्न प्रकारका रंग लाने बताउनुभयो । उहाँका अनुसार,तिहारमा आँगन सजाउन पहिला हरियो गोबर र रातो माटोले लिप्ने चलन भएपनि अहिले त्यसको ठाँउ रंगोलीले लिएको छ ।


नेपाल उद्योग बाणिज्य संघ,चन्द्रपुर नगरका पूर्वसचिव मनोज साहले अन्य समयको दाँजोमा तिहारका बेला टिका पसल,रंगपसल,हार्डबेयर,मिठाई होटललगाएतका अन्यखाले सवै ब्यापारमा बृद्धि हुने बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?