गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक ९ गते । जडीबुटीमा आधारित प्राचीन वैदिक चिकित्सा पद्धति तथा आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको सम्झनामा शनिबार धन्वन्तरी तथा राष्ट्रिय आरोग्य दिवस मनाइँदैछ ।
वैदिक हिन्दूशास्त्रमा उहाँले देव र असुर मिली नागको नेती तथा मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कात्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको चर्चा छ ।