चित्र मिजार
सिन्धुपाल्चोक, कात्तिक १० गते । नेपाल बिद्युत प्राधिकरण सिन्धुपाल्चोक बितरण केन्द्रमा आज अपराह्न्न आगलागी भएको छ । लामोसाँगुबाट दोलखा लगिएको ३३ केभीलाइनको टा«न्सफरममा खराबी आएका कारण आगलागी भएको हुन सक्ने बताइको छ ।
सो बितरण केन्द«का प्रमुख सानुबाबु थापाले आगो के कति कारणले लाग्यो भन्ने बारे अहिलेसम्म पत्ता लागेको छैन । आगो नियन्त्रणमा ल्याउन स्थानीय, नेपाली सेना, शसस्त्र प्रहरी, प्राधिकरणका कर्मचारी परिचालन गरिएको छ ।
आगो नियन्त्रणका लागि दमकल नहुदाँ आगो नियन्त्रणमा समस्या आएको बताइन्छ । केराको पात, पानी , रुखका स्याउला प्रयोग गरि आगो निभ्याउने कार्य जारी रहेको छ । आगलागीले दोलखा जिल्ला अन्धकार हुने भएको छ भने सिन्धुपाल्चोकलाई खाशै असर नपर्ने प्रमुख थापाले बताउनुभयो ।