राष्ट्रिय–सन्दर्भ
१. मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन कहिले गरिएको हो ?
वि.सं. २०७६ भदौ २४
करिब दुई दशकदेखि चर्चामा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाले साकार रूप लिएको । दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइनका रूपमा रहेको सो पाइपलाइनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द मोदीद्वारा संयुक्तरूपमा गरिएको । प्रधानमन्त्री ओलीद्वारा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको
‘एक्सन रुम’ बाट र भारतका प्रधानमन्त्री नरेन्द्रमोदीद्वारा नयाँदिल्लीस्थित हैदरावाद भवनबाट ‘हाइटेक’ प्रविधिबाट स्विच थिचेर उक्त पाइपलाइन परियोजनाको उद्घाटन गरिएको ।
पाइपलाइनमार्फत प्रतिघण्टा दुई सय किलोलिटर इन्धन अमलेखगञ्जको डिपोमा खसाल्न सकिने ।
मोतिहारीदेखि रक्सौलको नेपाल–भारत सीमासम्म ३२.८० किलोमिटर र सीमादेखि अमलेखगञ्जस्थित डिपोसम्मको ३६.२८ किलोमिटर दूरीमा पाइपलाइन बिछ्याइएको । भारत विहारको पटनादेखि अमलेखगञ्जसम्मको पाइपलाइन २६८ किलोमिटर रहेको ।
नेपालमा खपत हुने डिजेलमध्ये ७० प्रतिशत अमलेखगञ्जबाट आपूर्ति हुँदै आएको ।
यस परियोजनाको सुरुवातसँगै भारतबाट नेपालमा हुने गरेको पेट्रोलियम पदार्थ ढुवानीमा समयको बचत, सवारी यातायातमा कमी तथा वायु प्रदूषण कम हुने विश्वास गरिएको ।
पाइपलाइनको नेपालतर्फको करिब ३६.२८ किलोमिटरको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिइएको ।
२. बारा खुला दिसामुक्त जिल्ला कहिले घोषित भएको हो ?
वि.सं. २०७६ भदौ २७ (६९औँ खुला दिसामुक्त जिल्ला)
३. पर्यटकीय तथा व्यावसायिक प्रयोजनका लागि ३० तलाको भ्यू टावर कहाँ निर्माण गर्न थालिएको छ ?
दमक (झापा)
दमक भ्यू टावर अन्तर्राष्ट्रिय स्तरको हुने जनाइएको ।
टावर २५ तलासम्म आरसीसी र बाँकी पाँच तला स्टिल संरचनामा निर्माण हुने भएको ।
४. सरकारले काडमाडौँ उपत्यकाको कुन ठाउँमा तीन हजार क्षमताको सभा हल कहाँ निर्माण गर्नेभएको छ ?
गोदावरी
५. नेपालको संविधानमा व्यवस्था भएबमोजिम नागरिकताका प्रकार कति छन् ?
चार (वंशज, अङ्गीकृत, गैरआवासीय र सम्मानार्थ)
६. राष्ट्रिय कृषि गणना कति–कति वर्षको अन्तरालमा हुने गर्दछ ?
१०–१० वर्षमा (सातौँ राष्ट्रिय कृषि गणना वि.सं. २०७८ मा गरिने भएको ।)
७. राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा कसलाई नियुक्त गरिएको छ ?
प्रा.डा. श्रीकृष्ण गिरी (वि.सं. २०७६ भदौ) (प्रा.डा. गिरी हाल राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत हुनुहुन्छ ।)
८. लमजुङस्थित बागलुङपानी क्षेत्रलाई बालमैत्री वडा घोषणा कहिले गरिएको हो ?
वि.सं. २०७६ भदौ ३० (बागलुङपानी गण्डकी प्रदेशकै पहिलो बालमैत्री वडा घोषित भएको ।)
९. ‘पार्लियामेन्ट अफ नेपाल’ नामक मोबाइल एप कहिलेदेखि सञ्चालनमा आएको हो ?
वि.सं. २०७४ साउन १२
१०. नेपाल र लुसियानाबीच दौत्य सम्बन्ध कायम कहिले भएको हो ?
सन् २०१९ अगस्ट २७
नेपालसँग द्विपक्षीय सम्बन्ध कायम भएको लुसियाना १६७औँ राष्ट्र हो ।
क्यारेबियन समुद्रमा रहेको सानो टापु राष्ट्र लुसियाना ६१७ वर्गकिलोमिटर क्षेत्रफलमा विस्तारित छ ।
करिब एक लाख ७० हजार जनसङ्ख्या रहेको यस राष्ट्रको प्रमुख आयस्रोत पर्यटन व्यवसाय रहेको ।
यो देश बेलायतको उपनिवेशबाट मुक्त भएपछि सन् १९९७ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बनेको हो ।
११. नेपाल सरकारद्वारा ७५३ वटै स्थानीय तहमा रोजगार सेवाकेन्द्र स्थापना गर्ने निर्णय कहिले गरिएको हो ?
वि.सं. २०७५ मङ्सिर ३
१२. प्रदेश नं. २ मा हरित प्रदेश अभियानको शुभारम्भ कहिले गरिएको हो ?
वि.सं. २०७६ भदौ ७
१३. अन्तरसरकारी वित्त परिषद्को पहिलो बैठक कहिले बसेको हो ?
वि.सं. २०७५ वैशाख २४
१४. नेपालमै पहिलो वन्यजन्तु अस्पताल कहाँ निर्माण गरिनेभएको छ ?
सौराहा, चितवन
१५. नेपालको नैनीताल भनी चिनिने प्रसिद्ध धार्मिकस्थल कुन हो ?
नवलपरासीको त्रिवेणीधाम
१६ प्रदेश ३ संसद् बैठकद्वारा प्रदेश लोकसेवा आयोग विधेयक कहिले पारित गरियो ?
वि.सं. २०७६ भदौ २३
१७. विश्व बैङ्कद्वारा हालै प्रकाशित प्रतिवेदनअनुसार नेपालका वाणिज्य बैङ्कहरूको चुक्ता पुँजी कति पु¥याउन सुझाव प्रस्तुत गरिएको छ ?
रु. १६ अर्ब
विश्व बैङ्कले सन् २०१९ सेप्टेम्बर १३ मा जारी गरेको ‘नेपालको पूर्वाधार क्षेत्रको
मूल्याङ्कन प्रतिवेदन’मार्फत पुँजी छरिएर रहेकाले नेपाली
बैङ्कले क्षमताभन्दा पनि कम लगानी गरिरहेको भन्दै बैङ्कहरूको क्षमता विस्तारका लागि पुँजी वृद्धि आवश्यक रहेको उल्लेख गरिएको ।
विश्व बैङ्कका अनुसार पूर्वाधारका क्षेत्रमा
बैङ्कहरूले क्षमताभन्दा पनि कम लगानी गरेको औँल्याइएको ।
दीर्घकालीन पुँजी स्रोत अभावका कारण
बैङ्कहरूले ठूला परियोजनामा दीर्घकालीन कर्जा लगानी गर्न नसकेको पनि विश्व बैङ्कले औँल्याएको र
बैङ्कहरूलाई दीर्घकालीन पुँजी प्राप्तिका लागि सरकारले सातदेखि १० वर्षका लागि पुनर्कर्जा सुविधा प्रदान गर्नुपर्ने सुझाव समेत दिइएको छ ।
विश्व बैङ्कले सङ्ख्या तोकेरै वाणिज्य बैङ्कलाई २८ बाट १५ मा झार्नुपर्ने सुझाव दिएको छ ।
१८. छ वर्षदेखि बन्द मनाङको हुम्डे विमानस्थल कहिलेदेखि सञ्चालनमा आएको हो ?
वि.सं. २०७६ भदौ २७
हुम्डे विमानस्थल विश्वको १८औँ अग्लो स्थानमा रहेको विमानस्थल हो ।
२०३९ सालमा बनेको यो विमानस्थल २०७० देखि बन्द थियो ।
नौ सय मिटर धावनमार्ग रहेको यो विमानस्थल २०७० सालमा कालोपत्रे गरिएको थियो । कालोपत्रे भएदेखि नै नियमित उडान रोकिएको थियो ।
१९. मनोरञ्जन एवं ज्ञान–विज्ञानसम्बन्धी विविध सामग्री प्रस्तुत गर्दै आएको युवामञ्चको प्रकाशन सुरुवात कहिलेदेखि भएको हो ?
वि.सं. २०४५ असार
२०. भारतको सुनौलीदेखि कालीगण्डकी हुँदै कोरला नाकामार्फत चीन जोड्ने मार्ग कालीगण्डकी करिडोरको लम्बाइ कति रहेको छ ?
४३५ किलोमिटर
नेपालसहित एसियाकै दुई आर्थिक शक्ति भारत र चीनलाई जोड्ने यस करिडोरको ट्रयाक खोल्ने कार्य वि.सं. २०७४ फागुनमा सम्पन्न भएको ।
करिडोर निर्माणले नेपाललाई दुवै छिमेकी देश भारत, चीन तथा तेस्रो देशसँग व्यापार विस्तारमा सहयोग पुग्ने विश्वास गरिएको । कोरलादेखि सुनौलीसम्मको कालीगण्डकी करिडोरलाई चीन र भारत जोड्ने सबैभन्दा छोटो मार्ग मानिएको ।
२१. नेपालको माउन्ट फुजी भनी कुन हिमाललाई चिनिन्छ ?
मनासलु
२२. नेपालको संविधानको कुन धारामा प्रदेश लोकसेवा आयोग गठनसम्बन्धी व्यवस्था छ ?
धारा २४४ (संविधानको धारा २४४ मा यससम्बन्धी व्यवस्था गरिएको । प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार प्रदेश कानुनबमोजिम हुने । साथै सोही धाराको उपधारा ३ मा सङ्घीय संसद्ले कानुन बनाई आधार र मापदण्ड निर्धारण गर्ने उल्लेख ।)
२३. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तर्जुमा गरेको दीर्घकालीन आधारपत्रको नारा के हो ?
समृद्ध मुलुकका लागि स्वस्थ नागरिक (मन्त्रालयले वि.सं. २१०० सम्मको दीर्घकालीन आधारपत्र तयार गरेको ।)
२४. इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज र नेपाल उद्योग परिसङ्घद्वारा संयुक्तरूपमा तयार पारिएको ‘नेपाल इन्फ्रास्ट्रक्चर २०३०ः इन्भेस्टमेन्ट एन्ड फाइनान्सिङ निड्स’ नामक प्रतिवेदनअनुसार दोहोरो अङ्कको आर्थिक वृद्धि हासिल गर्न पूर्वाधारमा कति लगानी गर्नुपर्ने उल्लेख छ ?
रु. ३५ खर्ब ९९ अर्ब
दोहोरो अङ्कको उच्च आशावादी आर्थिक वृद्धि दरको लक्ष्य प्राप्त गर्न पूर्वाधार क्षेत्रमा सन् २०३० सम्म करिब ३५ खर्ब ९९ अर्ब रुपियाँ लगानी गर्नुपर्ने सो प्रतिवेदनमा औँल्याइएको ।
गरिबी घटाउँदै जीवनस्तर उकास्ने र सहस्राब्दी विकास लक्ष्य प्राप्त गर्दै सन् २०३० सम्ममा अधिकतम विकसित राष्ट्रको सूचीबाट मध्यम आयस्तर भएको राष्ट्रका रूपमा स्तरोन्नति हुन आगामी आर्थिक वर्षदेखि नेपालका लागि त्यति मात्रामा लगानी आवश्यक हुने प्रतिवेदनले देखाएको । खासगरी १५औँ पञ्चवर्षीय योजनादेखि सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य प्राप्तिका लागि उक्त परिमाणको लगानी प्राथमिकता प्राप्त क्षेत्रमा गरी दोहोरो अङ्कको आर्थिक वृद्धि दरलाई केही वर्ष निरन्तरता दिनुपर्ने प्रतिवेदनको ठम्याइँ रहेको ।
२५. झापाको काँकडभिट्टादेखि कञ्चनपुरको गड्डाचौकीसम्म निर्माण गरिने विद्युतीय रेलमार्गको लम्बाइ कति छ ?
९४५ किलोमिटर
२६. कुनै पनि निजामती कर्मचारीलाई दिइने विभागीय सजायको विषयमा कोसँग परामर्श लिनुपर्दछ ?
लोकसेवा आयोग
२७. मानव अधिकारको उल्लङ्घनबाट पीडित भएको व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति दिन कसले आदेश दिने व्यवस्था छ ?
राष्ट्रिय मानव अधिकार आयोग
२८. नेपालको सबैभन्दा पुरानो राजमार्ग कुन हो ?
त्रिभुवन राजपथ
२९. नेपालमा सर्वप्रथम बिजुलीबत्ती कहिले र कसको पालामा बलेको थियो ?
वि.सं. १९६८, चन्द्रशमशेरको पालामा
३०. जङ्गबहादुरलाई राणाको पदवी कसले प्रदान गरेका थिए ?
श्री ५ सुरेन्द्र
३१. आफ्नो नामको अगाडि ‘कविन्द्र’ लेख्ने राजा को हुन् ?
प्रताप मल्ल
३२. नेपालको स्वीट्जरल्यान्ड भनेर कुन ठाउँलाई भनिन्छ ?
दोलखाको जिरी
३३. नेवारी भाषा कुन भाषा परिवारअन्तर्गत पर्दछ ?
भोटबर्मेली
अन्तर्राष्ट्रिय–सन्दर्भ
३४. नाइजेरियामा गएको एक दशकमा आतङ्कवादी गतिविधिका कारण कति नागरिक बेपत्ता हुनपुगेका छन् ?
२२ हजार
एक दशकअघि आतङ्कवादी सङ्गठन बोकोहरामले आक्रमण सुरु गरेदेखि हालसम्म करिब २२ हजार नाइजेरियाली नागरिक बेपत्ता भएका ।
अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी)ले सन् २०१९ सेप्टेम्बर १२ मा सार्वजनिक गरेको प्रतिवेदनमा यो तथ्य उजागर भएको । यति ठूलो सङ्ख्यामा बेपत्ता नागरिकको सूची सार्वजनिक भएको यो पहिलो हो ।
सन् २००९ देखि नाइजेरियामा बोकोहरामले सशस्त्र हिंसात्मक आन्दोलन चलाएको छ जसका कारण २७ हजारको मृत्यु भइसकेको छ भने करिब २० लाख मानिस विस्थापित भएका छन् ।
३५. ध्ज्इ ले दक्षिण एसियाली राष्ट्रहरूमा अत्यावश्यक औषधि तथा परीक्षणसम्बन्धी सामग्री सस्तो एवं सुलभ बनाउने निर्णय कहिले गरेको हो ?
सन् २०१८ सेप्टेम्बर ५
३६. अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०१९ मा विश्व अर्थतन्त्र वृद्धि दर कति कायम हुने प्रक्षेपण गरेको छ ?
३.२ प्रतिशत
आईएमएफले सन् २०१९ जुलाईमा सो प्रक्षेपण गरेको ।
यसअघि गत अप्रिलमा आईएमएफले सो वृद्धि दर ३.३ प्रतिशत हुने उल्लेख गरेको ।
पछिल्लो समय विश्वभर देखिएको व्यापार तथा प्रविधिको तनावका कारण यस वर्ष र आगामी वर्षका लागि आईएमएफले आर्थिक वृद्धिको प्रक्षेपण घटाएको ।
३७. साउदी अरबस्थित तेल प्रशोधन केन्द्रमा ड्रोन हमला कहिले भएको हो ?
सन् २०१९ सेप्टेम्बर १४
साउदीस्थित विश्वकै ठूलो अराम्को अब्काकिक प्रशोधन केन्द्रमा भएको सो आक्रमणका कारण त्यहाँको कुल उत्पादन आधाले घटेको जनाइएको । साउदी अरेबियाका ऊर्जामन्त्रीका अनुसार यस हमलाले कच्चा तेलको उत्पादनमा प्रतिदिन ५७ लाख ब्यारेलसम्म घट्न पुगेको ।
हमलाको जिम्मेवारी यमनको हुथी विद्रोहीले लिएको छ भने अमेरिकाले यसका लागि इरान नै जिम्मेवार भएको आरोप लगाएको ।
साउदी अरेबियाको नेतृत्वमा रहेको गठबन्धनले विगत करिब चार वर्षदेखि यमनका हुथी विद्रोहीविरुद्ध कारबाही गर्दै आएको छ । साउदी अरेबियाले लगातार हुथीलाई इरानको समर्थन रहेको आरोप लगाउँदै आएको छ तर इरानले त्यसलाई अस्वीकार गर्दै आएको छ ।
३८. आनुवंशिक स्रोतमा पहुँच तथा तिनको उपयोगबाट प्राप्त हुने लाभको पारदर्शी र समन्यायिक बाँडफाँडसम्बन्धी नायोगा अभिसन्धिमा कहिले हस्ताक्षर भएको हो ?
सन् २०१० अक्टोबर २९ (जापानको नायोगामा)
नायोगा अभिसन्धि सन् २०१४ अक्टोबर १२ देखि कार्यान्वयनमा आएको ।
यो सन्धिलाई नेपालले सन् २०१७ सेप्टेम्बर ४ मा अनुमोदन गरेको । सन्धि अनुमोदन गर्ने नेपाल १०१औँ राष्ट्र भएको ।
३९. विश्वमा क्रेडिट कार्डको प्रयोग गर्ने पहिलो राष्ट्र कुन हो ?
अमेरिका
४०. भुटानको राष्ट्रिय भाषा जोङ्खा हो भने माल्दिभ्सको राष्ट्रिय भाषा कुन हो ?
दिवेही
४१. हेनरी ड्युना कुन संस्थाका संस्थापक हुन् ?
रेडक्रस
४२. BIMSTEC –Bay of Bengal Initiative for Multi(sectoral and Economic Co–operation)मा हाल कति सदस्य राष्ट्र रहेका छन् ?
७ (नेपाल, भारत, बङ्गलादेश, भुटान, म्यानमार, श्रीलङ्का र थाइल्यान्ड ।)
४३. विश्वमा सर्वप्रथम योजनाबद्ध आर्थिक विकासको सुरुवात गर्ने राष्ट्र कुन हो ?
रुस
४४. सत्यवादी दार्शनिक सुकरातलाई कुन विष खुवाइ मृत्युदण्ड दिइएको थियो ?
हेमलक
विविध
४५. राष्ट्रिय बालदिवस कहिले मनाउने गरिन्छ ?
भदौ २९
वि.सं. २०२१ सालको भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको बालदिवस वि.सं. २०६३ देखि भदौ २९ गते मनाउन थालिएको हो ।
नेपालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धिलाई २०४७ भदौ २९ गते अनुमोदन गरेको दिन नै बालदिवसका रूपमा मनाउने घोषणा नेपाल सरकारले गरेको थियो । जसअनुसार अहिले भदौ २९ गते यो दिवसलाई देशव्यापीरूपमा मनाउँदै आइएको हो ।
राष्ट्रिय बालदिवस २०७६ को नारा सुनिश्चित बालअधिकार, समृद्ध नेपालको आधार रहेको ।
४६. मन्त्रिपरिषद् बैठकले नेपालको संविधान जारी भएको दिन असोज ३ गतेलाई राष्ट्रिय दिवसका रूपमा मनाउने निर्णय कहिले गरेको हो ?
वि.सं. २०७३ वैशाख ७
४७. नेपालमा बर्सेनि नयाँ वर्षको पहिलो सप्ताहलाई ‘वन्यजन्तु सप्ताह’ का रूपमा कहिलेदेखि मनाउँदै आइएको छ ?
वि. सं. २०५३
४८. मुसा प्रजातिमा पाइने ‘माइट’ (किर्नाजस्तो मसिनो जीवाणु) ले मानिसमा टोकेपछि देखापर्ने रोगलाई के भनी चिनिन्छ ?
स्क्रब टाइफस (scrub Typhus )
सन् १९३० मा जापानमा देखा परेको यो रोग नेपालमा भने ८५ वर्षपछि अर्थात् सन् २०१५ मा फेला परेको पुष्टि भएको हो ।
स्क्रब टाइफस एक प्रकारको ज्वरो हो । यो रोग लागेपछि सुरुमा मसिना बिमिराजस्तो देखिन्छ । तीन÷चार दिनपछि उच्च ज्वरो आउँछ । जिउ दुख्ने, चिसो हुने हुन्छ र बढ्दै जाँदा मिर्गौला फेल हुने, म्यानेन्जाइटिस देखिने भई ज्यान जाने समेत हुन्छ ।
यस रोगबाट जोगिन घर वरपर सफा राख्ने, मुसा प्रजातिका जीवलाई आफू बस्ने ठाउँ वरपर रहन नदिने र लक्षण देखिएमा तुरुन्तै चिकित्सककोमा लैजानुपर्छ ।
४९. नेपाल ओलम्पिक कमिटी (एनओसी)को अध्यक्षमा को निर्वाचित भएका छन् ?
जीवनराम श्रेष्ठ
५०. विश्व प्रेस काउन्सिलको महासचिवमा निर्वाचित नेपाली पत्रकार को हुन् ?
किशोर श्रेष्ठ
अजरवैजानको राजधानी वाकुमा सन् २०१९ सेप्टेम्बरमा सम्पन्न सम्मेलनबाट श्रेष्ठ महासचिवमा निर्वाचित भएका ।
विश्व प्रेस काउन्सिलको अध्यक्षमा साइप्रसका प्रा.डा. सुले अकर निर्वाचित भएका ।
५१. १६औँ निजामती सेवा दिवस (२०७६) को नारा के हो ?
सक्षम निजामती प्रशासनः विकास, समृद्धि र सुशासन
५२. शिक्षा दिवस २०७६ को आदर्श वाक्य के हो ?
हामी सबैको प्रण, सार्वजनिक शिक्षा प्रणालीको सबलीकरण
५३. माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा राष्ट्रियस्तरमा उत्कृष्ट भई प्रथम स्थान हासिल गर्न सफल सामुदायिक विद्यालय कुन हो ?
अमरसिंह मावि, पोखरा
शिक्षा दिवस (२०७६) को अवसरमा पुरस्कृत भएका शैक्षिक संस्था
माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा कक्षा १२,
सामुदायिकतर्फः
प्रथमः अमरसिंह मावि, पोखरा
द्वितीय ः सुकुना मावि, मोरङ
तृतीय ः भवानी विद्यापीठ, पर्वत
संस्थागततर्फः
प्रथम ः एसओएस हर्मन माइनर मावि, पोखरा
द्वितीय ः नेपाल पुलिस स्कुल, साँगा
तृतीय ः सेन्ट जेभियर्स कलेज, माइतीघर
माध्यमिक शिक्षा परीक्षा कक्षा १०,
सामुदायिकतर्फः
प्रथम ः मेघा मावि, भक्तपुर
द्वितीय ः रेसुङ्गा मावि, गुल्मी
तृतीय ः तरुण मावि, काठमाडौँ
संस्थागततर्फः
प्रथम ः रिलायन्स इन्टरनेसनल एकेडेमी, काडमाडौँ
द्वितीय ः नेपाल पुलिस स्कुल, साँगा
तृतीय ः भ्याली भ्यु इङ्लिस स्कुल, नयाँ बानेश्वर
सामुदायिक र संस्थागत विद्यालयतर्फ प्रथम, द्वितीय र तृतीय हुने शैक्षिक संस्था क्रमशः ः रु. ३ लाख, रु. २ लाख र रु. १ लाख नगद राशिसहित पुरस्कृत भएका ।
त्यस्तै, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट छनोट भएका आङ्गिक, सम्बन्धन प्राप्त र सामुदायिक माविमा क्रमश ः बालाजु स्कु्ल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी, तानसेन स्कुल अफ साइन्स र सिन्धुलीको जनज्योति मावि एक लाख नगदसहित पुरस्कृत भएका ।
विश्वविद्यालय अनुदान आयोगबाट छनोट भएका आङ्गिक, सामुदायिक र सम्बन्धन प्राप्त क्याम्पसमा क्रमश ः पुल्चोक क्याम्पस, लहानको जेएस मुरारका बहुमुखी क्याम्पस र काठमाडौँस्थित बर्नहार्ट कलेज दुई लाख ५० हजार नगदसहित पुरस्कृत भएका ।
५४. नेपालमा कति प्रकारका पारिस्थितिक प्रणाली रहेका छन् ?
११८
५५. ‘हिमालयन इन्साइक्लोपेडिया’ उपनामबाट चिनिने एलिजावेथ हली कुन देशकी नागरिक हुन् ?
अमेरिका (नेपाल सरकारबाट ‘मानार्थ नागरिकता’ प्राप्त गरेकी हलीको सम्मान एवं सम्झनामा धौलागिरि हिमशृङ्खलाको ६१८२ मिटर उचाइको एक हिमाललाई ‘पिक हली’ नामकरण गरिएको ।)
५६. नेपालमा मात्र पाइने चरा कुन हो ?
काँडे भ्याकुर (सबै चराहरूको नक्कल गर्नसक्ने चरा ।)
५७. नेपालमा कुन दिनलाई मानव बेचबिखनविरुद्धको दिनका रूपमा मनाइन्छ ?
भदौ २० (वि.सं. २०६३ देखि मनाउन थालिएको ।)
५८. नेपालमा पहिलोपटक निर्यात दिवस कहिले मनाइयो ?
वि. सं. २०७३ पुस २२ (निजी क्षेत्रको पहलमा नेपाल निर्यात परिषद्द्वारा नेपाल निर्यात परिषद् स्थापना भएको मितिलाई आधार मान्दै सो दिवस मनाइएको ।)
५९. मन्दिरको छानोको सबैभन्दा माथिल्लो भागमा राखिएको कलात्मक आकृतिलाई के भनिन्छ ?
गजुर (Pinnacle)
६०. बाघको बच्चालाई डमरु भनिन्छ भने उँटको बच्चालाई के भनिन्छ ?
उल्लु
६१. हाड नरम हुने Rickets नामक रोग कुन भिटामिनको कमीले लाग्छ ?
भिटामिन डी
६२. Pellagra रोग भिटामिन बी को कमीले लाग्छ भने Scurvy रोग कुन भिटामिनको कमीले लाग्छ ?
भिटामिन सी
६३. Prince of Experiment भलत भनी कसलाई भनिन्छ ?
माइकल फाराडे
लेखन/संयोजन : टङ्क के.सी.
युवामञ्च कात्तिक २०७६