logo
२०८१ मंसिर १० सोमवार



भानुभक्त प्राणी उद्यान बन्दै

खुला |


भानुभक्त प्राणी उद्यान बन्दै
भानुभक्त प्राणी उद्यानको जङ्गल क्षेत्र तस्विर–अमरराज नहर्की


अमरराज नहर्की
छिर्कने (तनहुँ), कात्तिक १४ गते । तनहुँस्थित भानुभक्त प्राणी उद्यानको निर्माण कार्यको लागि सङ्घीय सरकारले प्राथमिकता दिएको छ । प्राकृतिक स्रोत संरक्षण तथा व्यवस्थापन गरी पर्यटन क्षेत्रमा योगदान पु¥याउने मुख्य उद्देश्यले नेपाल सरकारले सातवटै प्रदेशमा प्राणी उद्यान सञ्चालन गर्न लागेकोमा यसले पनि प्राथमिकता पाएको हो ।

चालु आर्थिक वर्ष २०७६/०७७ मा सङ्घीय सरकारले विकास निर्माण तथा दैनिक प्रशासनिक कामकाज सञ्चालनको लागि करिब ९ करोड बजेटमा काम भइरहेको छ । जसमा पूँजीगत खर्चतर्पm ८ करोड ६४ लाख ८० हजार र चालु खर्चतर्पm ३३ लाख ७९ हजार बजेट गरी ८ करोड ९८ लाख ५९ हजार बजेट विनियोजन भई काम भईरहेको भानुभक्त प्राणी उद्यानका कार्यालय प्रमुख वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिनुभयो ।

कार्यालय प्रमुख कँडेलका अनुसार पूँजीगत विकास बजेटबाट सिमाङ्कनको तारबार तथा सिमानामा बाटो निर्माणको लागि ४ करोड २२ लाख, कार्यालय भवन निर्माणको लागि १ करोड ६० लाख, कर्मचारी आवास भवनमा ५० लाख बजेट खर्च गरिनेछ । यसैगरी, भ्यू टावर निमार्णको लागि २५ लाख, विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयारीको लागि २ करोड रुपैयाँ बजेट निकासा भएकाले सोही अनुसार कार्य सञ्चालन भइरहेको छ । अन्य रकम खानेपानी, बाटो निर्माणको लागि खर्च गरिने भएको छ । गतवर्ष ६ करोड ७९ लाख २२ हजार पूँजीगत र चालुतर्पm ४४ लाख रुपैयाँ प्राप्त भएको कार्यालयले जनाएको छ ।

वि.सं.२०७३ साल माघ २० गते नेपाल सरकारको मन्त्रिपरिषदको निर्णय र २०७४ साल वैशाख १८ गते राजपत्रमा सूचना प्रकाशित गरी राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको नाममा भानुभक्त प्राणी उद्यान स्थापना भएको हो । उद्यानको हालको कार्यालय व्यास नगरपालिका–१२ को छिर्कनेमा रहेको छ । चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम अनुसार तीनकिलो मिटर फेन्सीङ गरिएको छ । मुख्य कार्यालय भवन बहुवर्षीय कार्यक्रम भएकाले निर्माण कार्य शुरु भईरहेको छ । मुआब्जा व्यवस्थापनको लागि जग्गा अधिग्रहण कार्य अघि बढिरहेको छ । जग्गा अधिकरणको लागि जग्गा प्राप्ती ऐन २०३४ बमोजिम शुरुमा जग्गा प्राप्त गर्न एकिन गर्न तथ्याङ्क सङ्कलन तथा प्रतिवेदन पेश गर्नको लागि सङ्घीय सरकारको मन्त्रिपरिषदको निर्णयबाट जग्गाको प्रारम्भिक कारबाही चलाउने अधिकारी तोकि कार्य सम्पन्न भएको छ ।

सो अधिकारीबाट प्रारम्भिक प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा पेश भई यही साउन १० गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा मुआब्जा समितिको बैठक बसी जग्गा प्राप्ती सम्बन्धि ३५ दिने सूचना प्रकाशित भईसकेको छ । जस अनुसार उद्यान निर्माणको लागि व्यास नपाको वडा नं. ११ र १२ तथा भानु नगरपालिकाको वडा नं. ५ र ६ का १२६ घरधुरीका करिब ९१२ रोपनी जग्गा अधिग्रहणमा परेका छन् ।

उद्यानका लागि प्रभावित क्षेत्रका सबै बासिन्दाहरुले मुआब्जा दाबीको लागि निवेदन दिन थालेका छन् । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको नेतृत्वमा बनेको मूल्याङ्कन समितिले जग्गा अधिग्रहण गर्ने व्यक्तिहरुको जग्गाको मूल्याङ्कन गरी मुआब्जा दिने बताइएको छ ।
तत्कालिन वन तथा भूसंरक्षण मन्त्री शङ्कर भण्डारीको सक्रियतामा प्राणी उद्यानको निर्माण कार्यको शुरुवात भएको भानु नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रकाश मल्ल टाईसन बताउनुहुन्छ । प्राणी उद्यानले ठाउँ चिनाउने मात्रै नभई बेरोजगारीको चर्को समस्या समाधानको लागि मद्दत पुग्ने हुँदा स्थानीय वासिन्दाले भोगचलन गर्दै आएको सामुदायिक तथा कबुलियति वन राष्ट्रिय करण गर्न सहज रुपमा तयार भएको उहाँको भनाई छ । उद्यान तनहुँकोबासीको गौरव तथा शान भएको बताउँदै काम अघि बढे पछि स्थानीय वासिन्दामा उत्साह छाएको भानु नगरपालिकाका मेयर उदयरराज गौलीले जानकारी दिनुभयो ।

आन्तरिक एवं वाह्य पर्यटक प्रवद्र्धनका गर्नको लागि अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाईएको छ । जस अनुसार प्रशासनिक भवन, वालवालिकाको मनोरञ्जनात्मक चिल्ड्रेन पार्क, वन्यजन्तु राख्ने स्थानको निर्माण, भेटनरी क्लिनिक, प्रवेशद्धार, बाटो, पुलपुलेसा, मनोरेल, केबुलकारलगायतका आवश्यक पूर्वाधार निर्माण गरिने छ । ४ सय २५ हेक्टर क्षेत्रफलमा फैलिएको उद्यानमा वन्यजन्तुलाई परस्थानीय संरक्षण गरिने भएको छ । पर्या–पर्यटन प्रवद्र्धन, आमोदप्रमोद÷मनोरञ्जन, वन्यजन्तुको प्रजनन्, वंशाणु श्रोतको संरक्षणमा चैतना पैmलाउने, तथा टुहुरा, घाईते, समस्याग्रत वन्यजन्तुको उचित व्यवस्थापन गर्ने उद्यानको उद्देश्य छ । हात्ती, गंैडा, बाघ, भालु, जिराउ, जस्ता जनावरहरु देश तथा विदेशबाट ल्याएर सो प्राणी उद्यानमा छाडिने कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?