logo
२०८१ मंसिर १० सोमवार



दिल्लीमा अत्याधिक प्रदूषण, विद्यालय बन्द, आपतकालकाे दबाब

खुला |


दिल्लीमा अत्याधिक प्रदूषण, विद्यालय बन्द, आपतकालकाे दबाब


गोरखापत्र अनलाइन
नयाँदिल्ली, कात्तिक १५ गते । भारतको नयाँदिल्लीमा प्रदूषणको मात्रा अत्याधिक भए पछि अहिले विश्वका सञ्चार माध्यमले सो विषयलाई उठाएका छन् ।
उता भारत सरकारले पनि प्रदूषणबाट सर्वसाधारणलाई जोगाउन लाखौंको संख्यामा मास्क वितरण गरेको छ । त्यस्तै सरकारी अधिकारीहरूमाथि पनि पब्लिक हेल्थ इमरजेन्सी घोषणा गर्न दबाब बढिरहेको छ । ब्रिटिस बोडकाष्टिङ कर्पोरेश (बीबीसी)को आफ्नो अनलाइन संस्करणमा मुख्य समाचारको रुपमा उक्त विषयलाई उठाएको छ ।
बीबीसीले ‘ग्यास चेम्बर’ दिल्लीमा लाखौं मास्क वितरण भन्ने मुख्य शीर्षक र विषाक्त वायुले अधिकारीहरूलाई जनस्वास्थ्यसम्बन्धी संकटकाल घोषणा गर्न दबाब बढिरहेको उपशीर्षकमा शुक्रबार समाचार प्रकाशित गरेको छ ।
साथै समाचारमा भारतको राजधानी नयाँ दिल्लीमा ५० लाख मास्क वितरण गरिएको उल्लेख गरिएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार वायुमा मसिना धूलोका कण (पीएम) को मात्रा प्रति घनमिटर २.५ हुनु पर्ने तोके पनि नयाँ दिल्लीमा अहिले ५३३ माइक्रोग्राम भएको जनाइएको छ । त्यस्तै विश्व स्वास्थ्य संगठनले यस्ता कणको मात्रा २४ घण्टामा सरदर २५ पीएम माथि हुन नहुने तोकेको छ । सो हेर्दा नयाँ दिल्लीको प्रदूषणको मात्र अत्याधिक हो ।
नयाँ दिल्लीको वायुप्रदूषणको मात्र निकै गम्भीर अबस्थामा पुगेपछि भारतीय सर्वोच्च अदालतले नयाँ दिल्ली र दुई छिमेकी राज्यमा प्रदूषण बढाउने खालका धेरै गतिविधीमा प्रतिवन्ध लगाएको छ । हालै उच्च अदालतले सबै खाले निर्माण कार्यलाई एक हप्तासम्म रोक्न र आगोसम्बन्धी कुनै पनि गतिविधीमा रोक लगाएको छ । त्यसैगरी शहरी क्षेत्रका विद्यालयहरूलाई अर्को मंगलबारसम्म बन्द गरिएको छ ।
नयाँ दिल्लीमा बढ्दो प्रदूषणलाई लिएर मुख्यमन्त्री अरबिन्द केजरीवालले ट्वीट मार्फत नयाँदिल्ली ग्यास चेम्बरमा परिणत भएको प्रतिक्रिया दिनु भएको छ ।
यसै गरी सर्वसाधारणले पनि प्रदूषणले ढाकिएका स्थानका तस्बिर तथा भिडियोहरू ट्वीट गर्दे चिन्ता व्यक्त गर्न थालेका छन् ।

यस्तै अमेरिकी अन्तरीक्ष अनुसन्धान संस्था (नासा) को अर्थ सेटलाइटले शुक्रबार विहान ९.०० बजे लिएको तस्बिरमा उत्तरी भारत विशेष गरी नयाँ दिल्ली आसपासबाट प्रदूषण सहितको कुहिरो नेपालतर्फ बढ्दै गरेको तस्बिर सार्वजनिक गरेको छ ।

नेपाली टाइम्स म्यागाजिनको अनलाइन संस्करणमा उक्त तस्बिर राखिएको छ ।
यस्तै भारतबाट प्रदूषित धूलोका कणहरू नेपाल आउन सक्ने भए पनि त्यसले जनस्वास्थ्यमा कतिको असर गर्छ भन्ने बारे अध्ययन नभएको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले बताउनुभयो
उहाँले अहिले जाडो मौसममा भारतको राजस्थानबाट धूलोका कण नेपाल आउने गरेको र गत वर्ष पनि त्यस्ता धूलोका कण नेपाल आइपुग्नु र नेपालमा वर्षा हुनु एकै पटक परेकाले धमिलो पानी वर्षा भएको बताउनुभयो ।
त्यस्तै नासाले सार्वजनिक गरेको तस्बिरमा धूलोयुक्त बादल नयाँदिल्ली र आसपासको क्षेत्रबाट नेपालतर्फ आउँदै गरेको विषयमा उहाँले अहिले दक्षिण पश्चिमबाट नेपालमा हावा चल्ने मौसम भएकाले धूलो युक्त बादलहरू आउन सक्ने संभावना रहे पनि त्यसले जनस्वास्थ्यमा कतिको असर पार्छ भन्ने बारे अध्ययन नभएको बताउनुभयो ।
उहाँले भूउपग्रहको तस्बिरमा भारतको उत्तर प्रदेश माथिका आकाशमा धूलो युक्त बादल देखिएको र यस्तो बादल जाडो मौसममा विगतमा पनि देखिने गरेको बताउनुभयो । (बीबीसी)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?