शिवशंकर मिश्र
बारा, कातिक १६ गते । बारामा बुबाले छोरीलाई बलात्कार गरेका छन् भने एक ४ वर्षीया बालिका माथि बलात्कारको प्रयास भएको छ । जिल्लाको कोल्हवी नगरपालिकामा आफ्नैै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारा प्रहरीले बुवालाई पक्राउ गरेको छ ।
आफनै २२ वर्षीय छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अन्दाजी ४० वर्षीय बुवालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रंजितसिंह राठौरले जानकारी दिनुभयो ।
ईलाका प्रहरी कार्यालय कोल्हवीको प्रहरीको टोलीले पीडित युवतीको उजुरीको आधारमा पक्राउ गरिएको प्रवक्ता राठौरले बताउनुभयो । पीडित युवतीको अनुसार उहाँका बुवाले पहिलादेखि नै पटकपटक जबरजस्ती करणी गरेको बयान दिएको प्रवक्ता राठौरले जानकारी दिनुभयो ।
पीडितकी बुवालाई प्रहरीको नियन्त्रणमा राखेर अनुसन्धान गर्नको लागि जिल्ला अदालत बाराबाट म्याद थप गराई अनुसन्धान भइरहेको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिनुभयो ।
यसैगरी, बाराको आदर्श कोतवाल गाँउपालिका वडा नंं.–४ इनर्वामालका–४ वर्षीया बालिकामाथि जबरजस्ती करणी प्रयास भएको छ । आदर्श कोतवाल गाउपालिका–४ का ४५ वर्षका शेख ईसराईलले स्थानीय ४ वर्षीया बालिकालाई करणीको प्रयास गरेको प्रहरीले जनाएको छ । शेख ईशराईल घर बनाउने मिस्त्री हुन् । बुधबार आफ्नै गाउँ ईनर्वामालमा एक व्यक्तिको घर निर्माण गरिरहेको स्थानमा खेल्दै गरेको अवस्थामा ईशराईलले बालिकालाई करणीको प्रयास गरेर छोडेको थियो ।
पीडित बालिकालाई जिल्ला अस्पताल कलैयामा सोही दिन साँझ स्वास्थ परीक्षण समेत भइ सकेको तथा यस घटनाबारे थप अनुसन्धान भईरहेको र फरार ईहराईलको खाजी कार्य जारी रहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रंजितसिंह राठौरले जानकारी दिनुभयो ।