विष्णुप्रसाद पोखरेल
दमक, कार्तिक १७ गते । झापाको हल्दिवारी गाउँपालिका वडा नम्वर ५ मा आगलागि हुँदा एक घर जलेर नष्ट भएको बताइएको छ ।
कन्चनश्री बजार नजिकै शनिबार अपरान्ह आगालागि हुँदा मायानाथ पोख्रेलको घर सहित सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी जलथलका प्रहरी साहयक निरिक्षक भरत कोइरालाका अनुसार आगेलागिबाट काठको टिनको छानो भएको घर सहित ३० लाख भन्दा बढिको क्षति भएको प्रारम्भिक अनुमान गरिएकोछ ।
घरका सबै सदस्य खेतमा धान काट्न गएको समयमा आगलागि भएका कारण केहि झिक्न नपाईएको र गाईको बाच्छो समेत जलेर मरेको पीडित परिवारले जनाएको छ । नगद, सुन, खाद्यनन र लत्ता कपडा सहित ३० लाखभन्दा बढिको क्षति भएको पीडित पोखरेलले बताउनुभयो । घरमा राखिएको नगद ३ लाख रुपिया समेत जलेको जनाइएको छ ।
भद्रपुर नगरपालिकाबाट आएको दमकल, प्रहरी र स्थानीयहरूले एक घण्टा लगाएर आगो नियन्त्रणमा लिएका थिए । आगलागिस्थलमा पुगेर गाँउपालिका अध्यक्ष रबिन्द्र लिङ्गदेनले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । आइतबार छठको बिदा दिईएकाले सोमबार गाँउपालिकाको तर्फबाट आवश्यक राहत उपलब्ध गराईने उहाँले बताउनुभयो ।