नारायण काफ्ले
काठमाडौं, कात्तिक १७ गते । पूर्व सभामुख कृष्णबहादुर महरा विरुद्ध संसद सचिवायलकी एक महिला माथि हिंसा भएको विषयमा थुनछेक बहस शुरु भएको छ ।
काठमाडौं जिल्ला अदालतमा शूरु भएको रजिष्ट्रार आनन्दप्रसाद श्रेष्ठले बताउनुभयो । सो मुद्दामा सुदर्शनराज पाण्डेको इजलासमा सुनुवाइ भइरहेको उहाँले बताउनुभयो । सो बहसमा सरकारी वकिलका तर्फबाट न्यायाधिवक्ता चन्द्रकान्त खनाल, जिल्ला न्यायाधिवक्ता हरिप्रसाद रेग्मी, उमाकान्त पौडेल र सहायक जिल्ला न्यायाधिवक्ता सृजना ढकालले बहस गर्दै हुनुहुन्छ ।
त्यस्तै महराका तर्फबाट रमण श्रेष्ठ, सबिता भण्डारी बराल, कृष्णप्रसाद सापकोटा शेरबहादुर केसी, लबप्रसाद मैनाली, मुरारी सापकोटा लगायतका कानुन व्यबसायीले बहस गर्नु हुने छ ।
महराका तर्फबाट २० भन्दा बढी कानुन व्यबसायीले बहस गर्नु हुने भएकाले सुनुवाइ केही लम्बिन सक्ने रहेको छ ।