नृपेन्द्रबहादुर मल्ल
मुगु कार्तिक १८ गते । आईतबारबाट सुत्केरी हुन नसकेर छटपटाई रहेकी एक महिलाको सरकारबाट उद्दार गरिएको छ । सदरमुकाम गमगढीदेखि पाँच घण्टा टाढा रहेका विकट गाँउपालिका मुगुम कार्मारोङ्ग गाँउपालिका वडा नं ८ माँग्री गाउँकी ३४ वर्षीया कार्मा याङ्गजुम लामालाई आईतबार वेलुकाबाट सुत्केरी व्यथा लागे पनि सोमबारसम्म सुत्केरी हुन नसक्दा लामाको स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि जिल्ला प्रशासन कार्यालयको पहलमा हेलिकप्टरद्वारा उद्दार गरिएको जिल्ला प्रशासन कार्यालय मुगुुले जनाएको छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्र्तगत कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा रहेको र जिल्ला प्रशासन कार्यालयको सिफारिसमा गर्भवती लामाको उद्दार गरी सुर्खेत पठाईएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिनुभयो ।
आईतबार विहानदेखि सुत्केरी व्यथा लागे पनि सोमबार अपरान्हसम्म पनि सुत्केरी हुन नसके पछि प्रसुति गृहमा कार्यरत स्वास्थ्यकर्मिले जिल्ला अस्पताललाई जानकारी गराएको र जिल्ला अस्पतालका चिकित्सकको सल्लाहमा रेफर गरिएको स्थानीयबासी माँग्री गाउँका स्थानीयवासी एवं स्वास्थ्य चौकी पुलुका ईन्चार्ज गुरुछोर्देन लामाले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार गएको वैशाखदेखि हालसम्म पाँचजना महिलाको हेलिकप्टर मार्फत उद्दार गरिएको छ ।