गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक १८ गते । नेकपाका नेता झक्कुप्रसाद सुवेदीलाई हृदयाघात भएको छ । विहान दाङ जाने क्रममा थानकोटमा बेहोस भए पछि उहाँलाई उपचारका लागि नर्भिक अस्पताल लगिएको र चिकित्सकले शल्यक्रिय सम्पन्न गरी आइसीयूमा उपचार गरीरहेको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताउनुभयो ।
नेकपाका तत्कालीन महासचिव माधबकुमार नेपाललाई काठमाडौ क्षेत्र नं २ बाट हराएर पछि उहाँ एकाएक चर्चामा आउनुभएको थियो ।