logo
२०८१ मंसिर १० सोमवार



बाघको आक्रमणबाट माहुतेको गयो ज्यान

खुला |


बाघको आक्रमणबाट माहुतेको गयो  ज्यान



मुकुन्द सुवेदी
बर्दिया, कात्तिक १९ गते । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट माहुतेको ज्यान गएको छ । निकुञ्ज भित्र गैडा मचान नजिक हात्ती चराउन गएका हात्तीसारका माहुते मंगरु थारुलाई बाघले आक्रमण गरेको थियो ।
राष्ट्रिय निकुञ्जको पालुवा हात्तीलाई घाँस काट्दै गर्दा दिउसो करिव सवा १ बजेतिर बाघले माहुतेलाई आक्रमण गरेको थियो । करिव डेढ घण्टाको खोजी पछि माहुतेको शव फेला परेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो ।
बाघको आक्रमणबाट ज्यान गुमाएका ठाकुरबाबा नगरपालिका वडा नं. ७ का करिव ४२ वर्षीय मंगरु थारु माहुते पदमा करार सेवामा हात्तीसारमा कार्यरत हुनुहुन्थ्यो ।

बर्दिया निकुञ्जमा बाघको आक्रमणमा परि यसै वर्ष तीनजनाले ज्यान गुमाइसकेका छन् । बर्दिया निकुञ्जमा बाघको संख्या बढेसँगै बाघको आक्रमणका घटना समेत बढ्दै गएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?