logo
२०८१ मंसिर १० सोमवार



कास्की पनि कफीको गन्तव्य

खुला |


कास्की पनि कफीको गन्तव्य



तारा चापागांई दुवे

कास्की, कात्तिक २२ गते । बाँदरले अन्न बाली नष्ट गर्न थालेपछि चिन्तित अन्नपूर्ण गाउँपालिकाका किसान अहिले कफी खेतीमा रमाउन थालेका छन् ।
अन्न बाली लगाउँदा बाँदरले भिœयाउन नदिएपछि यहाँका किसानले कफी खेती गर्दै जाँदा आम्दानी गर्न थालेका छन् । केही वर्ष पहिले थोरै बोट रोपेको कफीले फाइदा दिन थालेपछि यहाँ व्यावासयिक रूपमा कफी खेती हुन थालेको हो । माछापुच्छे« उत्तम कफी उत्पादक सहकारी संस्थाका अध्यक्ष कलाधार भुगाईले भन्नुभयो, बाँदरले अन्न बाली नराख्ने भएपछि हामी दिक्क थियौँ, कफी खेती सुरु गरेपछि अब त सबै हर्षित छौँ, कफीले राम्रै फाइदा भइरहेको छ ।
उक्त सहकारी संस्थामा आबद्ध १३२ जना किसान अहिले १५० रोपनी जग्गामा कफी खेती गर्न थालेका छन् । संस्थाले यसपटक दुई टन काँचो कफी ९चेरी० उत्पादन गरेको बताउँदै उहाँले अबको तीन वर्षमा ३० टन कफी उत्पादन गर्ने योजना बनाएको कुरा सुनाउनुभयो । हाल बाँदरको पीडा खेप्न नसकेर कफी लगाउने किसानले हरेक वर्ष फाइदा लिइरहेका छन् । त्यतिबेला कफीको बोट नलगाउनेहरू अहिले पछुताउमा परेका छन् ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कास्की जिल्लामा कफीको उत्पादन १५ प्रतिशतले बढ्ने जनाएको छ । काठमाडौँ, ललितपुरपछि कफी उत्पादनका लागि कास्की पनि राम्रो गुणस्तरको कफी उत्पादन हुने जिल्लामा पर्न थालेको बोर्डका क्षेत्रीय कार्यालय प्रमुख चन्द्र पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार कास्कीमा पोखरा महानगरपालिका सहित अरू चार गाउँपालिकामा १४९ हेक्टर जग्गामा कफी खेती विस्तार भएको छ । कास्की जिल्लामा कफी खेतीबारे गरिएको सम्भाव्यता अध्ययनले १९ हजार ६४६ हेक्टर जमिनमा कफी खेती गर्न सकिने देखिएको छ ।
धान, कोदो, मकैभन्दा कफीको चारभन्दा गुणा बढी उत्पादन दिन सक्छ । कफीमा विभिन्न समयमा गँवारो रोग लाग्न सक्ने भएकाले पाँच सय बोटभन्दा बढी लगाउने कृषकलाई प्रिमियमको ७५ प्रतिशत अनुदान दिइने बताउँदै उहाँले सातवटा नर्सरी र नमुना बगैँचा भएका पाँच सयभन्दा बढी व्यावसायिक रूपमा खेती गर्ने कृषकलाई १२० केजी बीउ वितरण गरेको जानकारी दिनुभयो । कास्कीमा यस वर्ष ३२ टन ‘ग्रिन विन’ उत्पादन भएको छ । पोखराको लेकसाइडमा मात्रै चार सय होटल क्याफेमा ५० प्रतिशत खपत हुने गरेको र अन्य ५० प्रतिशत जापान, अमेरिका र कोरियालगायतका देशमा निर्यात हुने गरेको छ । कफी उत्पादक सङ्घका अध्यक्ष विन्दुचन्द्र बरालले कफी निर्वाहमुखीबाट व्यावसायिकतातर्फ जाँदै गरेको बताउनुभयो । नेपालमा उत्पादन भएको कृषि उत्पादनमध्ये विदेशमा निर्यात गरेर मनग्ये डलरमा बिक्ने वस्तु नै कफी भएको उहाँले दाबी गर्नुभयो । बोट लगाएको तीन वर्षमै उत्पादन दिने र एक रोपनी जग्गामा लगाएको कफी खेतीबाट वर्षमा ७० देखि ८० हजार रुपियाँसम्मको आम्दानी गर्न सकिने उहाँको भनाइ छ ।
नेपालमा पहिले ठूला र उच्च घरानियाँले मात्र कफी पिउने गरेको भए पनि पछिल्ला दिनमा आमनागरिकले कफी पिउन थालेपछि यसको आन्तरिक माग वृद्धि हुँदै गएको हो । गण्डकी प्रदेशका आठवटा जिल्लामा कफी खेती हुने गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?