logo
२०८१ मंसिर १० सोमवार



समानता र स्वतन्त्रता लोकतन्त्रको मुख्य तत्व

खुला |


समानता र स्वतन्त्रता लोकतन्त्रको मुख्य तत्व


गोरखापत्र समाचारदाता
काठमाडौँ, कातिक २३ गते । उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संविधान संशोधनको विकल्प नरहेको बताउनुभएको छ ।
संविधानमा सङ्घीय प्रणालीको उल्लेख गरिए पनि संविधानमा सङ्घीयताको गुण समेटन नसकिएको बताउँदै नेपालजस्तो बहुजातीय र बहुराष्ट्रिय मुलुकमा सबैको भावनालाई समेट्न संविधान संशोधनको विकल्प नरहेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “अल्प सङ्ख्यकहरूको भाषिक, सांस्कृतिक र राजनीतिक अधिकारको सुनिश्चितताका लागि संविधान संशोधन आवश्यक छ ।”
राजधानीमा शुक्रबार पुस्तक लोकार्पण कार्यक्रममा समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहनुभएका यादवले समानता र स्वतन्त्रता लोकतन्त्रको मुख्य तत्व रहेको बताउँदै उहाँले अहिले यी दुई तत्व छायाँमा पर्दै गएको धारणा व्यक्त गर्नुभयो ।
अधिकार र अवसरमा समानता नभएसम्म लोकतन्त्र सुदृढ हुन नसक्ने उहाँले स्पष्ट पार्नुभयो । सो अवसरमा उहाँद्वारा नै लिखित ‘नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र’ भन्ने कृतिको लोकार्पण गरिएको थियो ।
पुस्तक लोकार्पण गर्दै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको सन्दर्भमा समाजवाद र लोकतन्त्रबारे नयाँ दृष्टिकोण प्रस्तुत गरिएको यो कृतिले नयाँ वैचारिक बहस शुरु गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कृति मार्फत उहाँले मुलुकको राजनीतिमा देखिएका खडेरीलाई चिर्ने प्रयास गर्नुभएको छ ।”
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता दीनानाथ शर्माले यस पुस्तकले नेपालमा समाजवादबारे नयाँ बहस सुरु गरेको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?