logo
२०८१ मंसिर १० सोमवार



घुससहित कृषि सामग्रीका शाखा प्रबन्धक र अनुसन्धानका सूचक पक्राउ

खुला |


घुससहित कृषि सामग्रीका शाखा प्रबन्धक र अनुसन्धानका सूचक पक्राउ


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २७ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारीलाई पक्राउ गरेको छ । आयोगले अनुसन्धान कार्यालयको सप्तरीस्थित जिल्ला कार्यालयमा सूचक पदमा कार्यरत धर्मेन्द्र कुमार झालाई पक्राउ गरेको हो ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार हनुमानगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका अन्तगर्तको सीमा नाकामा सामान ल्याउन सहज गर्ने प्रयोजनका लागि पाँच हजार घुस लिँदा सूचक झा पक्राउ पर्नुभएको हो । उहाँलाई कंकालिनी नगरपालिका–१४ स्थित मल्हनियाँबाट घुस रुपियाँसहित नियन्त्रणमा लिएको आयोगले दाबी गरेको छ ।
त्यसैगरी, आयोगले कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय जनकपुरमा कार्यरत शाखा प्रबन्धक आलोक कुमार र वरिष्ठ सहायक रामबाबु महतोलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । आयोगले वरिष्ठ सहायक रामबाबु महतोको कार्यकक्षबाट स्रोत नखुलेको ६८ हजार रुपियाँ फेला परेपछि शाखा प्रबन्धक आलोक कुमारसहित महतोलाई पक्राउ गरेको जनाएको छ ।
प्रवक्ता कोइरालाले बिक्री नभई बाँकी रहेको विभिन्न जातका धानहरु लिलाम बिक्री प्रकृयामा अनियमितता गरेको उजुरीको आधारमा आयोगको टोलीले अनुसन्धान गर्ने क्रममा पक्राउ गरिएको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?