बैतडी समाचारदाता
बैतडी, कात्तिक २९ गते । बलात्कारको आरोपमा बैतडी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । आरोपितलाई तीन दिन अघि नै प्रहरीले पक्राउ गरे पनि घटना बारे शुक्रवार मात्रै जानकारी प्राप्त भएको हो ।
बलात्कारको आरोपमा पक्राउ पर्नेमा शिवनाथ गाउँपालिका–५ का शोबी चन्द र सोही वडाका रामी लोहार रहेका छन् ।
चन्द र लोहारले सुस्त मनःस्थितिकी एक ४० वर्षिय महिलालाई उनकै घरमा गएर यही कात्तिक २६ गते राती ८ः०० बजे बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।
आरोपित दुबै जनालाई जिल्ला अदाल बैतडीबाट १० दिनको म्याद लिई अनुुसन्धानका लागि हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता किसन चन्दले बताउनुभयो ।
प्रवक्ता चन्दले भन्नुभयो, २६ गते राती त्यहाँ मेला पनि थियो । मेलामा म आफै पनि गएको थिएँ । सुस्त मनःस्थितिकी महिलालाई बलात्कार गरेको पीडित पक्षको उजुरी आउना साथ चन्द र लोहारलाई राती नै नियन्त्रणमा लियौं । आरोपित दुबैले मादक पदार्थ सेवन गरेका थिए ।