logo
२०८१ मंसिर १० सोमवार



हिउँ पन्छाएर गाडी गुडाउन थालियो

खुला |


हिउँ पन्छाएर गाडी गुडाउन थालियो


राजन रावत

सिमकोट कात्तिक ३० गते ।  नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालपारीको गाउँ लिमीबाट न्यालु लेकमा हिउँ पन्छाएर गाडी गुडाउन थालिएको छ । पाँच हजार मिटर अग्लो उक्त लेकमा केही दिन अघि भएको हिमपातले सडक अबरुद्ध भएपछि स्थानीय बासिन्दाहरुले हिउँ फालेर सिमकोटसम्म टिपर संचालनमा ल्याएका हुन ।

लिमीबाट मानिस र सामान सिमकोट पठाउनका लागि टिपरमा आएका स्थानीय बासी मिलेर न्यालु लेकमा जमेको हिउँ पन्छाएर गाडी संञ्चालन गरेको नाम्खा ६ का वडा अध्यक्ष पाल्जोर तामाङले बताउनु भयो । करिब तीन सय मिटर सडकमा जमेको हिउँ पन्छाएर गाडी सञ्चालन गरिएको हो । एक फिट जमेको हिउँमा गाडी गुड्न नसके पछि उक्त हिउँलाई यात्रुहरु मिलेर सडकबाट पन्छाएर गाडी गुडाएको उहाँले बताउनु भयो ।

हिउँ पन्छाएर दुई वटा टिपर संचालन गरिएको थियो । १५ जना यात्रु तथा चालीस क्वीन्टल सामान बोकेका टिपरहरु न्यालु लेक पार गरेर सिमकोटतर्फका आएको अध्यक्ष तामाङले बताउनु भयो । न्यालु लेकको हिउँ पन्छाएर गाडी सञ्चालन गरिए पछि लिमीबासी सिमकोटबाट लिमी जान पाएका छन् ।  र लिमीबाट सिमकोट आउन पाएका हुन । हिउँद सुरु भएसंगै उक्त लेकमा केही दिन अगाडि हिमपात हुँदा हिउँ जमेको नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर लामाले बताउनु भयो । धेरै हिउँ जमेको भए पन्छाउन नसकिएपनि एक फिट मात्र हिउँ परेको कारण हिउँ फाल्न सहज भएको हो । हिउँद सुरु भएपछि काठमाडौं र दिल्ली जाने लिमीबासीको ओहोर दोहोर सुरु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?