logo
२०८१ मंसिर १० सोमवार



सार्वजनिक शौचालयको पहुँचमा जोड

खुला |


सार्वजनिक शौचालयको पहुँचमा जोड



गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २ गते । सरसफाइ अभियन्ताहरूले शौचालय निर्माण गर्दा इन्जिनियर पनि जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । नेपाललाई खुला दिसामुक्त घोषणा गरेपछि पहिलो आवश्यकता सार्वजनिक शौचालयको उपलब्धता, पहुँच र व्यवस्थापनमा जोड दिन उहाँहरूले आह्वान पनि गर्नुभएको छ ।
विश्व शौचालय दिवस मनाउने सन्दर्भमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा अभियन्ताहरूले सर्वसाधारणको पहुँचमा शौचालय नपुगेसम्म खुला दिसामुक्त घोषणा सफल हुन नसक्ने मत व्यक्त गर्नुभयो ।
पूर्वमन्त्री गणेश साहले ‘‘घरघरमा शौचालय प्रयोग गरेर मात्र सफाइ हुन्न, शौचालयको फोहोर पानीको प्रशोधन, शौचालयको फोहोरको उपचारसहित व्यवस्थापन, सार्वजनिक शौचालय सबैको पहुँचमा नपुगेसम्म सरकारले गरेको नेपाल खुला दिसामुक्त घोषणा सफल हुन कठिन पर्छ’’ भन्नुभयो ।
नेपालीले शौचालयको प्रयोग भर्खर सिकेका छन् भन्दै उहाँले शौचालयको फोहोर भने खोला, पोखरीमा मिसाउने परम्परा छ र यस्तो प्रवृत्ति रोक्न शौचालय निर्माण गर्दा इन्जिनियरहरू पनि जिम्मेवार भएर शौचालयबाट निस्किएको फोहोरको पूर्ण व्यवस्थापन हुने गरी काम गर्नुपर्छ भन्नुभयो ।
खानेपानी तथा सरसफाइसम्बन्धी काम गरिरहेको स्मार्ट वास सोलुसन संस्थाद्वारा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष इन्जिनियर रामदीप साहले पूर्ण सरसफाइका लागि शौचालयको राम्रो व्यवस्थापन अति महìवपूर्ण विषय हो भन्नुभयो । ‘‘यसलाई विश्वव्यापीकरण गर्न वल्र्ड ट्वाइलेट फाउन्डेसनले विश्व शौचालय दिवस मनाएर विशेष काम गरिरहेको छ,’’ उहाँ
स्पष्ट पार्नुभयो ।
खानेपानी तथा ढल व्यवस्थापन विभागका निर्देशक सुनिलकुमार दासले नेपाल खुला दिसामुक्त घोषणा भएको सन्दर्भमा शौचालयको उपलब्धता महìवपूर्ण भएको बताउनुभयो । उहाँले घोषणा साकार हुन छवटा सूचक मध्येको महìवपूर्ण लक्ष्य हासिल गर्न शौचालयसम्म पहुँच पु¥याउन शौचालय निर्माण, व्यवस्थापनमा विभागले जोड दिएको बताउनुभयो ।
सन् २००१ मा सिङ्गापुरका नागरिक ज्याक सिमले विश्व ट्वाइलेट सङ्गठनको स्थापना गर्नुभएपछि विश्व शौचालय दिवस मनाउन थालिएको हो । सन् २०१३ मा संयुक्त राष्ट्र सङ्घको ६७औँ साधारणसभाले अनुमोदन गरेपछि सो दिवस विश्वव्यापी भएको हो । यस वर्ष यो दिवस ‘कोही नछुटौँ’ भन्ने नारासहित मङ्सिर ३ गते नेपाललगायत
विश्वभर मनाइँदैछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?