logo
२०८१ मंसिर ८ शनिवार



ट्राफिक प्रहरीको स्वास्थ्य परीक्षण

खुला |


ट्राफिक प्रहरीको स्वास्थ्य परीक्षण


इनरुवा, मंसिर २ गते । सुनसरीको इटहरीमा १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले सिप्ला लिमिटेडको सहकार्यमा ट्राफिक प्रहरीहरुको लागि निशुःल्क फोक्सो परिक्षण गरिएको छ । धुवाधुलोको कारण ट्राफिक प्रहरीमा देखिने फोक्सोका समस्या चेकजाँच गर्नुको साथै उपचार समेत गरेको हो । १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीमा ल्याब टेक्निसियन सहितको टोलीले प्रहरीको फोक्सो जाँच गरेका थिए ।

जाँचका क्रममा प्राय धेरै प्रहरीको धुँवाधुलोका कारण फोक्सोमा समस्या देखिएको रिर्पाेट आएको थियो । ब्रेथो मिटरवाट पालैपालो प्रहरीको फोक्सो परिक्षण गरिएको थियो । रिर्पाेटमा पहाडी भेगमा कार्यरत ट्राफिक प्रहरी भन्दा तराईमा खटिने प्रहरीको फोक्सोमा बढी समस्या देखिएको चिकित्सकहरुले जानकारी गराएका थिए ।

फोक्सो परिक्षणसगै श्वासप्रश्वास सम्बन्धि बरिष्ठ दम रोग बिशेषज्ञ डा. अनिता नन्दले प्रहरीको स्वास्थ्य चेकजाँच गर्नुभयो । प्रदेशका ट्राफिक प्रहरीका प्रमुख एसपी भिमबहादुर दाहालले आफ्नो फोक्सो परिक्षण गरेर कार्यक्रमको उद्घाटन गर्नुभयो । कार्यक्रममा सुनसरी, मोरङ, धनकुटा, उदयपुर र झापाका ट्राफिक इन्र्चाजहरुले फोक्सो परीक्षण गरेका थिए । उनीहरुमा बिशेष गरी ट्राफिक प्रहरीहरुमा प्रायः श्वासप्रश्वास सम्बन्धि रोग देखापर्ने गरेको बताइएको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?