logo
२०८१ मंसिर १० सोमवार



राजश्व दाखिला नगरी हिनामिना गर्ने विरूद्ध मुद्दा

खुला |


राजश्व  दाखिला नगरी हिनामिना गर्ने विरूद्ध मुद्दा


गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २ गते । सेवाग्राहीबाट उठाएको राजश्व समयमै दाखिला नगरी हिनामिना गरेको र सरकारी अभिलेख कागजात र प्रमाणहरु नष्ट गरेको अभियोगमा मालपोत कार्यालय पर्साको रजिष्ट्रेसन फाँट ‘ख’ का तत्कालीन फाँटवाला मदनप्रसाद गुप्ता बिरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्सिर २ गते दायर गरेको मुद्दामा अभियुक्त गुप्तामाथि मालपोत कार्यालय पर्साको आर्थिक वर्ष २०७०÷०७१ को रजिष्ट्रेशन फाँट ‘ख’ मा लिखित पास गर्दा लाभकर नलिएको, एउटै नम्वर राखी विभिन्न रजिष्ट्रेशन पास गरेको, लिखित रजिष्ट्रेशनमा भएको थैली रकम घटाई कम मूल्यको थैली कायम गरी राजश्व रकम हिनामिना गरेको आरोपमा ७७ लाख ८६ हजार ८१६ रुपियाँ सजाय मागदावी गरिएको छ । दा

यर मुद्दामा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ज) तथा सोही ऐनको दफा १२ बमोजिम सजाय मागदावी गरिएको अख्तियारले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?