logo
२०८१ मंसिर ११ मंगलवार



गोरखापत्र ज्ञानसागर (विषयगत प्रश्नोत्तर)

खुला |


गोरखापत्र ज्ञानसागर (विषयगत प्रश्नोत्तर)


वातावरण व्यवस्थापन

१. वातावरण व्यवस्थापन भन्नाले के बुझ्नुहुन्छ ? वातावरण व्यवस्थापन र दिगो विकासबीचको अन्तरसम्बन्धको संक्षेपमा विवेचना गर्नुहोस् ।
 ब्रह्माण्डमा भएका हावापानी, माटो, वायुमण्डल, वन–जंगल, खनिज पदार्थ, जीव एवम् प्राणीहरूको सामूहिकस्वरूप वातावरण हो । पृथ्वीमा भएका यस्ता अवयवहरू, यिनका अन्तरक्रिया एवम् यी बीचको अन्तरसम्बन्धमा खलल नपुग्ने कार्य गर्ने, यिनको सदुपयोग गर्ने, सम्बद्र्धन गर्ने एवम् संरक्षण गर्ने कार्य वातावरण व्यवस्थापन हो । यो प्राकृतिक साधन–स्रोतहरूको समुचित उपयोग पनि हो । विकास कार्य गर्दा प्राकृतिक वातावरणलाई असर नगर्ने कार्य पनि हो ।
– वातावरण व्यवस्थापन र दिगो विकासबीचको अन्तरसम्बन्ध दिगो विकासले जनसङ्ख्या, विकास र वातावरणको सन्तुलन कायम गर्न जोड दिन्छ ।
– वातवरण व्यवस्थापनले वातावरणका अवयवको अन्तरक्रिया तथा अन्तरसम्बन्धमा जोड दिन्छ ।
– दिगो विकासले प्राकृतिक साधन–स्रोतको प्रयोगमा वर्तमान र भविष्यको पुस्ताको हक लाग्ने कुराको वकालत गर्दछ । विकास कार्यमा वातावरणलाई असर एवम् प्रभाव नपारी विकासको गुणस्तरमा जोड दिन्छ ।
– वातावरण व्यवस्थापनले ब्रह्माण्डमा भएका सबै अवयवको जगेर्ना, संरक्षण र
विकास गर्दछ ।
– दिगो विकासले वातावरणको संरक्षण गर्दै मानवीय आवश्यकता पूरा गर्नमा ध्यान दिन्छ ।
– वातावरण व्यवस्थापनको अन्तिम लक्ष्य प्राकृतिक साधन–स्रोतको समुचित
प्रयोग हो ।
– दिगो विकासको अन्तिम लक्ष्य विकास कार्यमा प्राकृतिक साधन–स्रोतको समुचित प्रयोग हो ।
यसर्थ, प्राकृतिक साधन–स्रोतको संरक्षण, विकास तथा प्रयोगमा दुवैले जोड दिन्छन् । विकास कार्यमा वातावरणलाई असर पर्न दिन हुन्न भन्ने दुवैको मान्यता भएकाले यी दुईबीच गहिरो अन्तरसम्बन्ध रहेको छ ।

२. साँस्कृतिक सम्पदा भनेको के हो ? नेपालमा यसको महŒव उल्लेख गर्नुहोस् ।
 देशको मौलिक पहिचान दिन सक्ने सम्पदालाई साँस्कृतिक सम्पदा भनिन्छ । साँस्कृतिक सम्पदा मूलतः ऐतिहासिक, धार्मिक एवम् पुराताŒिवक हुन्छन्, विशिष्ट हुन्छन् । यस्ता सम्पदा देशका सम्पत्ति हुन्, जसले देशलाई विश्वमा चिनाउन मद्दत गर्दछन् । जस्तै ः नेपालमा बुद्धको जन्मस्थल लुम्बिनी, चाँगुनारायण, पशुपतिनाथ, पाटन दरबार, भक्तपुर दरबार, स्वयम्भूनाथ आदि नेपालका साँस्कृतिक सम्पदा हुन् ।
– नेपालमा साँस्कृतिक सम्पदाको महŒव
– विश्व जगत्मा देशको छुट्टै पहिचान,
– पर्यटन प्रवद्र्धन गरी विदेशी मुद्रा आर्जन,
– रोजगारी सिर्जनामा सहयोग,
– सामाजिक मूल्य–मान्यताको जगेर्ना,
– धार्मिक पहिचान, धर्मको संरक्षण ।

३. नेपालको आर्थिक विकासमा नेपाल राष्ट्र बैङ्कले कसरी भूमिका निर्वाह गर्दै आएको छ ? उल्लेख गर्नुहोस् ।
 नेपालमा आर्थिक स्थायित्व एवम् अर्थतन्त्रको दिगो विकासका लागि स्थापना गरिएको राष्ट्र बैङ्क नेपालको केन्द्रीय बैङ्क हो । यो नेपाल सरकारको बैङ्क हो । नेपाल सरकारको सल्लाहकार हो, सरकारको वित्तीय एजेन्ट पनि हो । त्यसैगरी यो वाणिज्य बैङ्क तथा वित्तीय संस्थाको बैङ्क पनि हो । नेपाल राष्ट्र बैङ्क ऐन–२०५८ तथा बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन–२०७३ अनुसार यसले नेपालको आर्थिक विकासमा देहायबमोजिम बहुआयामिक भूमिका निर्वाह गर्दै
आएको छ ः
– मूल्य स्थिरता र शोधनान्तर स्थिरता कायम गर्ने,
– मौद्रिक नीति तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन गर्ने, गराउने,
– देशमा वित्तीय सेवाको पहुँच अभिवृद्धि गर्ने,
– बैङ्क तथा वित्तीय क्षेत्रको स्थायित्व
कायम गर्ने,
– बैङ्क तथा वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने,
– सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणालीको विकास गर्ने,
– नेपाल सरकारको आर्थिक नीति कार्यान्वयनमा सहयोग पु¥याउने,
– बैङ्क नोट तथा सिक्का निष्कासन गर्ने,
– मुद्राको माग र आपूर्तिबीच सन्तुलन
कायम गर्ने,
– विनिमय दर पद्धति निर्धारण गर्ने,
– विदेशी विनिमय सञ्चितिको व्यवस्थापन र सञ्चालन गर्ने,
– वाणिज्य बैङ्क तथा वित्तीय संस्थालाई बैङ्किङ तथा वित्तीय कारोबार गर्न इजाजतपत्र जारी गर्ने,
– वाणिज्य बैङ्क तथा वित्तीय संस्थाको आवश्यक नियमन, निरीक्षण, सुपरीवेक्षण तथा अनुगमन गर्ने,
– वाणिज्य बैङ्क तथा वित्तीय संस्थाका लागि अन्तिम ऋणदाताका रूपमा कार्य गर्ने,
– बचत परिचालन गर्ने,
– टे«जरी बिल, विकास ऋणपत्र आदि जारी गरेर ऋण व्यवस्थापनको कार्य गर्ने,
– भुक्तानी सन्तुलन कायम गर्ने,
– भुक्तानी फछ्र्यौट तथा हिसाब मिलान पद्धतिको स्थापना तथा प्रवद्र्धन गरी सो कार्यलाई नियमित गर्ने,
– तरलता व्यवस्थापनको निमित्त आवश्यक उपकरणको माध्यमद्वारा खुला बजार कारोबार सञ्चालन गर्ने,
– अर्थतन्त्रलाई मौद्रिकीकरण गर्ने ।

४. राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार के–के हुन् ? उल्लेख गर्नुहोस् ।
 प्रधानमन्त्रीको अध्यक्षतामा गठित राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार नेपालको संविधान र सैनिक ऐन–२०६३ बमोजिम निम्नानुसार छन् ः
– नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्ने,
– नेपाली सेनाको परिचालन, सञ्चालन र प्रयोगसम्बन्धी नीति, योजना तथा कार्यक्रम तयार गरी नेपाल सरकारसमक्ष पेस गर्ने,
– नेपाली सेनाको सङ्ख्या र सङ्गठनात्मक संरचनासम्बन्धमा नेपाल सरकारलाई सुझाव पेस गर्ने,
– नेपाली सेनाको व्यवस्थापनसम्बन्धमा नेपाल सरकारलाई आवश्यक सुझाव पेस गर्ने,
– नेपाली सेनाको हतियार, खरखजाना तथा अन्य सैन्य सामग्रीको व्यवस्थापनसम्बन्धमा नेपाल सरकारलाई आवश्यक सुझाव पेस गर्ने,
– वार्षिक प्रतिवेदन तयार गरी राष्ट्रपतिसमक्ष पेस गर्ने र राष्ट्रपतिले त्यस्तो प्रतिवेदन प्रधानमन्त्रीमार्फत सङ्घीय संसद्समक्ष पेस गर्न लगाउने,
– तोकिएबमोजिमका अन्य काम गर्ने ।
राष्ट्रिय सुरक्षा परिषद्को कामकारबाही सञ्चालन गर्नका लागि रक्षा मन्त्रालयअन्तर्गत एक सचिवालय रहने र राष्ट्रिय सुरक्षा परिषद्को बैठकसम्बन्धी कार्यविधि परिषद् आफैँले निर्धारण गरेबमोजिम हुने व्यवस्था छ ।

प्रस्तुतकर्ता : हेमचन्द्र शर्मा 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?