logo
२०८१ मंसिर ११ मंगलवार



प्रधानमन्त्रीको कानुनी सल्लाहकारमा दाहाल नियुक्त

खुला |


प्रधानमन्त्रीको कानुनी सल्लाहकारमा दाहाल नियुक्त



गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर ४ गते । प्रधानमन्त्रीको कानुनी सल्लाहकारमा अधिवक्ता बाबुराम दाहाल नियुक्त हुनुभएको छ । २५ वर्षदेखि कानुन व्यवसायमा संलग्न अधिवक्ता दाहाल सार्वजनिक खरिदसम्बन्धी कानुनका विज्ञका रुपमा चिनिनुहुन्छ ।
दाहालले नियुक्ति सम्बन्धी जानकारी औपचारिक रुपमा आफूले पाएको बताउनुभयो । मकवानपुरका स्थायी दाहालले कर्पोरेट ल’मा पूर्वाञ्चल विश्वविद्यालयबाट एलएलएम गर्नुभएको छ ।
२०६० सालसम्म दाहालले हेटौँडामा नै कानुन व्यवसाय गर्नुभएको थियो । त्यसयता काठमाडौँमा नै क्रियाशील हुनुहुन्छ । अधिवक्ता दाहालले इहिातस विषयमा स्नातकोत्तर गर्नुभएको छ । तत्कालीन एमालेको कानुन व्यवसायीको संगठन प्रगतिशील पेशागत कानुन व्यवसायी संघ (पीपीएलए) को सचिवका रुपमा पनि उहाँले काम गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?