जयकृष्ण यादव
इनरुवा, मङ्सिर ५ गते । सुनसरीको सदरमुकाम इनरुवा ३ स्थित सुनसरी जिल्ला अदालत छेउमा मंगलवार राति भएको कारी यादव हत्या प्रकरणमा दुईजनालाई नियन्त्रणमा लिएको छ ।
सुनसरी सदरमुकाम इनरुवामा जिल्ला प्रहरी कार्यालय सुनसरीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी मृतक यादवले छिमेकी महिलासँग अनैतिक सम्बन्ध राख्दै गरेको अवस्थामा देवी यादवलाई इनरुवा ३ का ३५ वर्षीय अशोक पण्डितले हत्या गरेको सार्वजनिक गरेको हो ।
यादव हत्या प्रकरणमा सुनसरी प्रहरीले पण्डित र निजकै श्रीमति ३२ वर्षिया अनिता पण्डितलाई पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले पत्रकार सम्मेलनमा मंसिर ४ गतेबाट अनुसन्धान गरी मंसिर ५ गते अभियुक्तहरुलाई पक्राउ गरी शुक्रबार अनुसन्धानका लागि पाँच दिनका लागि अदालतबाट म्याद थपिएको बताउनुभयो ।
मृतक कारी यादव र छिमेकी महिला अनिता देवी पण्डितसँग लामो समयदेखि अनैतिक सम्बन्ध रहेकाले श्रीमान् अशोक पण्डितले रङ्गेहात फेला पारेपछि रिसको आवेगमा हत्या गरेको स्विकार गरेको सुनसरी प्रहरीका प्रमुख पोखरेलको जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा सुनसरी प्रहरीले अनिता पण्डितले प्रयोग गर्ने सिम र मोबाईल, तिर आकारको तिखो भएको फलामी औजार दुईथान, मृतकले प्रयोग गर्ने गरेको चप्पल एकथान, हत्यामा प्रयोग भएको प्लाष्टिक डोरी एकथान सार्वजनिक गरेको छ ।
मृतक यादव र अनिताबीच पहिलादेखि फोन सम्पर्क हुँदै शारीरिक सम्पर्क हुँदै आएकोे प्रहरी अनुसन्धानमा देखिएको छ । गत मंसिर ३ गते राति ११ः४८ बजे समेत एक आपसमा फोन सम्र्पक भई निज अनिता पण्डितको घरको बरण्डामा शारीरिक सम्बन्ध गरेको रङ्गेहात फेला पारेपछि पण्डितले यादवलाई हत्या गरेको सुनसरी प्रहरीले जनाएको छ ।