logo
२०८१ मंसिर ११ मंगलवार



तामाखानी अध्ययनका लागि पूर्वाधार बनाइँदै

खुला |


तामाखानी अध्ययनका लागि पूर्वाधार बनाइँदै


हेटौँडा समाचारदाता
हेटौँडा, मङ्सिर ७ गते । मकवानपुरको राक्सिराङ गाउँपालिका –९ महाभारत पहाडस्थित ठूलो खैराङमा रहेको तामाखानी उत्खनन्का लागि सरकारले पूर्वाधार निर्माण सुरु गरेको छ ।
चालू आर्थिक बर्ष २०७६/२०७७ का लागि प्रदेश नं ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले तामाखानी उत्खनन्का लागि पूर्वाधार तयार पार्न ५० लाख रुपियाँ विनियाजन गरेको छ ।

विनियोजित बजेटबाट तामाखानीसम्म पुग्ने सडक निर्माण गर्न लागिएको घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका प्रमुख जगनाथ दाहालले जानकारी दिनुभयो । ‘यसवर्ष विनियोजित रकमले सडक निर्माण गर्नेगरी सर्वे गराएका छौँ’, प्रमुख दाहालले भन्नुभयो–‘तामाखानीसम्म सडक पुगेपछि थप अन्वेषण र उत्खनन्का कामहरु अघि बढ्नेछ ।’

राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लका अनुसार खैराङमा रहेको डाँडामा पूरै तामाखानी छ । वि.सं. २०३४ सालतिर हेलिकोप्टर चढेर आएका विदेशीहरुले तामाखानीबारे अध्ययन गरेका थिए । त्यसपछि चुपचाप रहेको तामाखानीबारे फेरि प्रदेश सरकारले उत्खनन्मा ध्यान दिएको उहाँले बताउनुभयो ।

तामाखानी उत्खनन् भएमा सयौँले रोजगारी पाउने र सडक सञ्जालले पनि गाउँबस्ती जोडिने अध्यक्ष मल्लले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?