logo
२०८१ मंसिर ९ आईतवार



मदन भण्डारी विश्वविद्यालय निर्माणका लागि स्थलगत निरीक्षण

खुला |


मदन भण्डारी विश्वविद्यालय निर्माणका लागि स्थलगत निरीक्षण


गोरखापत्र अनलाइन

काठमाडौं, मंङसिर ९ गते । सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्व विद्यालय निर्माणको लागि काभ्रेको पाँचखाल नगरपालिकाको वडा नं ७, १० र १२ मा रहेको जग्गाको स्थलगत निरीक्षण गर्नु्भएको छ ।

विश्व विद्यालयको लागि पाँच हजार रोपनी जग्गा आवश्यक रहेकोमा पाँचखालमा रहेको जग्गा उपयुक्त रहेको प्राविधिक रिर्पाेटको आधारमा मन्त्री बाँस्कोटाले सो स्थानको नीरीक्षण गर्नुभएको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिनुभएको छ ।

स्थलगत निरीक्षणमा मुख्य सचिव लोकदर्शन रेग्मी, वन मन्त्रालयका सचिव डा. विश्वनाथ ओली, भूमि व्यवस्था,सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीको सहभागिता रहेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?