कमल शर्मा
दैलेख, मङ्सिर ११ गते । छोरी र छोरा समान सन्तानको रुपमा समाजले दर्जा नदिएका कारण छोरीको भ्रुण हत्या बढ्दै गएको छ । बिकसित सहर मात्र होइन दुर्गमका गाउँहरूमा समेत अहिले भ्रुण हत्या गर्नेको संख्या उल्लेख्य रहेको पाइन्छ ।
दैलेख जिल्लाको भैरवी गाउँपालिकाले भ्रूण हत्या रोक्न छोरी जन्मिए बैंक खाता प्रोत्साहन कार्यक्रम संचालन गरेको छ । गाउँपालिकाले चालु आर्थिक बर्ष ०७६/०७७ को बजेट मार्फत गाउँपालिकमा छोरी जन्मिए बैंक खोल्ने प्रोत्साहन कार्यक्रम संचालन गरेको हो ।
भैरवी गाउँपालिकाकी उपाध्यक्ष पदमकुमारी बिष्टका अनुसार पछिल्लो समय छोरो जन्माउने ध्येयले धेरै छोरीह गर्भमै मारिनु पर्ने बाध्यता छ । छोरीहलाई समेत छोरा सरह ब्यवहारमा समानता ल्याउन छोरी प्रोत्साहन कार्यक्रम संचालन गरेको उहाँले बताउनुभयो । उहाँले गाउँपालिकामा अहिले पनि छोरीलाई दोस्रो दर्जाको सन्तानका रुपमा लिने र उनीहरुको पढाईमा समेत अभिभावकले चासो नदिने भएका कारण छोरीहको उच्च शिक्षा र लालनपालनका लागि गाउँपालिका बाट एक हजार र अभिभावक बाट दुई हजार रकम जम्मा गरेर छोरी प्रोत्साहन कार्यक्रमलाई प्रभावकारी बनाउने तयारीमा गाउँपालिकामा रहेको जनाउनुभयो ।
अहिले पनि समाजमा बाल बिवाह, बहुबिवाह हुने गरेको छन् । हामीले छोरी प्रोत्साहन कार्यक्रममा मापदण्ड बनाएका छौं । त्यही मापदण्ड अनुसार गाउँपालिकामा जन्मेका छोरीहको नाममा गाउँपालिकमा रहेको सिभिल बैकमा खाता खोल्ने गाउँपालिकाको तर्फबाट एक हजार रकम जम्मा गर्ने गरेका छौं ।, उहाँले भन्नुभयो । अहिले सम्म गाउँपालिकमा छोरी जन्मिएका पाँच जना छोरीको नाममा बैंक खाता खोलिसकेको र अन्य छोरीहको बिवरण स्वास्थ्य संस्थाबाट मागिरहेको उहाँको भनाइ छ ।
यो कार्यक्रममा सहभागी हुनका लागि अनिबार्य रुपमा चार पटक गर्भ जाँच गरेको हुनुपर्ने, बिवाह गर्दा अनिवार्य २० बर्ष पुग्नुपर्नेछ । उमेर नपुगी बच्चा जन्माए उनीहरुलाई कार्यक्रममा समाबेश नगर्ने र गाउँपालिकमा रहेको बाल बिवाहलाई न्यूनीकरण गर्न समेत गाउँपालिकाले यो अभियान संचालन गरेको उहाँले जनाउनुभयो । आमा र बुवा संरक्षण रहने गरी छोरीको नाममा बैंक खाता खोल्ने कार्य गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद देवकोटाले बताउनुभयो । उहाँले सानै उम्मेरमा बिवाह गरि बच्चा जन्माएका र घरमै बच्चा जन्माउनेलाई छोरी प्रोत्साहन कार्यक्रममा समेट्न नसकिने उहाँले बताउनुभयो ।
जिल्लाको गुराँस गाउँपालिकाले समेत गाउँपालिकमा जन्मिएका बालबालिकाको जीवन सुरक्षाकोष स्थापना गरेको र २०७४ साउन भन्दा पछाडि जन्मिएका बालबालीकाहरु लाई जीवन सुरक्षा कार्यक्रममा समाबेश गरेको गाउँपालिकाका अध्यक्ष खेमराज वलीले बताउनुभयो । गाउँपालिकाले गाउँपालिकाका जन्मिएका बालबालिकाहरुको जीवन सुरक्षा कोषमा पहिलो बर्ष दुई हजार बाट सुरु गरेको र यो आर्थिक बर्षबाट १० हजार गाउँपालिका र अभिभावकको तर्फबाट चार हजार रुपैया जीवन सुरक्षा कोषमा जम्मा गरेको बताउनुभयो । जीवन सुरक्षा कोषमा अहिले सम्म ३५६ जना बालबालिका लाभान्वित भएको र जीवन सुरक्षा कोष संचालन गर्नका लागि प्रत्येक वडामा रहेको महिला सहकारीहरुलाई जिम्मा दिएको जनाउनुभयो ।