१. हालै मानार्थ नेपाली नागरिकबाट सम्मानित बेलायती नागरिक को हुन् ?
कोलिन स्मिथ
– पुतलीबाजे भनी चिनिने स्मिथले नेपालमा लामो समयदेखि पुतलीको खोजमा लाग्दै आउनुभएको ।
– मन्त्रिपरिषद्को विक्रम संवत् २०७६ कात्तिक २९ को बैठकले उहाँको योगदानको कदर गर्दै मानार्थ नागरिकता प्रदान गर्ने निर्णय गरेको ।
२. वन तथा वातावरण मन्त्रालय र अन्तर्राष्ट्रिय रेन्जर फेडरेसन –आईआरएफ) को आयोजनामा नवौँ विश्व रेन्जर सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
विसं २०७६ कात्तिक २६–३०, चितवन (नेपाल)
– वन, वन्यजन्तु, जैविक विविधता एवम् प्राकृतिक स्रोतको संरक्षणमा हातेमालो गर्ने उद्देश्यका साथ आयोजित सो सम्मेलनमा विभिन्न ७२ मुलुकका पाँच सयभन्दा बढी सरकारी अधिकारी, विज्ञ, नीति निर्माता एवम् संरक्षण साझेदारको सहभागिता रहेको ।
– युरोप, अफ्रिका र अमेरिकी महाद्वीपमा हुँदै यो पहिलोपटक एसियामा भएको ।
३. ‘एक फलफूलको बोट रु. १० को नोट’ नामक कार्यक्रम सञ्चालन गर्ने स्थानीय तह कुन हो ?
इच्छाकामना गाउँपालिका (चितवन)
४. नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा चार–चार वर्षमा प्रदान गरिने ‘पृथ्वीप्रज्ञा पुरस्कार’ को राशि कति रहेको छ ?
रु. चार लाख ।
– यस वर्ष (२०७६ मा) पृथ्वी प्रज्ञा पुरस्कार संस्कृतिविद् सत्यमोहन जोशीलाई प्रदान गरिएको ।
– प्रज्ञाले दुई–दुई वर्षमा प्रदान गर्ने नेपाल प्रज्ञा सामाजिकशास्त्र, संस्कृति तथा दर्शनशास्त्र पुरस्कारबाट प्रा.डा. त्रिरत्न मानन्धर एवम् नेपाल प्रज्ञा नेपाली भाषा पुरस्कारबाट प्रा.डा. टङ्कप्रसाद न्यौपाने सम्मानित भएका । दुवै पुरस्कारको राशि जनही एक लाख रहेको ।
– त्यसैगरी, प्रत्येक वर्ष प्रदान गरिने नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कारबाट २०७५ का लागि मदन रेग्मी र २०७६ का लागि भागीरथी श्रेष्ठ, हिमाल–पहाड क्षेत्रमा बोलिने मातृभाषा साहित्यतर्फ २०७५ का लागि अमर तुम्याहाङ (लिम्बू भाषा–साहित्य) र २०७६ का लागि अमृत योञ्जन तामाङ, तराई–मधेसमा बोलिने मातृभाषा साहित्यतर्फ २०७५ का लागि अयोध्यानाथ चौधरी (मैथली भाषा–साहित्य) र २०७६ का लागि अशोक थारू (थारू भाषा–साहित्य) सम्मानित भएका । पुरस्कार राशि एक–एक लाख रुपियाँ रहेको ।
– प्रज्ञाप्रतिष्ठानले प्रत्येक दुई वर्षमा दिइनेगरी नेपाल प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार (राशि ः रु. एक लाख) र प्रज्ञा अनुवाद पुरस्कार (राशि ः रु. एक लाख) स्थापना गर्ने निर्णय गरेको । त्यस्तै, अध्ययन र अनुसन्धानका माध्यमबाट नेपालको गौरवलाई विश्वमा चिनाउन विशिष्ट योगदान गरेका विदेशीलाई तीन–तीन वर्षमा दिइनेगरी तीन हजार अमेरिकी डलर राशिको ‘नेपाल प्रज्ञालङ्कार’ पुरस्कार स्थापना गर्ने निर्णय गरेको ।
५. सरकारले आर्थिक वर्ष २०७६÷०७७ को बजेटमार्फत मुलुकको आर्थिक वृद्धिदर ८.५ प्रतिशत हुने लक्ष्य परिमार्जन गर्दै कति कायम हुने प्रक्षेपण गरेको छ ?
७.१ प्रतिशत ।
(अर्थ मन्त्रालयले सूचनाको हकसम्बन्धी ऐन–२०६४ को दफा ५ (३) को प्रयोजनार्थ चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गर्ने सन्दर्भमा चालु आवमा आर्थिक वृद्धिदर ७.१ प्रतिशत हुने संशोधित अनुमान पेस गरेको ।)
६. प्रदेश २ र ५ बाट श्रम स्वीकृति प्रदान गर्न कहिलेदेखि थालिएको हो ?
विसं २०७५ पुस १५ गते ।
– अन्य प्रदेशमा श्रम स्वीकृति लागू मिति
– गण्डकी प्रदेश ः विसं २०७५ पुस २६
– कर्णाली प्रदेश ः विसं २०७५ माघ ६
– सुदूरपश्चिम प्रदेश ः विसं २०७५ माघ ११
– प्रदेश १ ः विसं २०७५ माघ २३
७. ‘एक गाउँ एक हेलिप्याड’ कार्यक्रम सञ्चालन गर्ने पहिलो स्थानीय तह कुन हो ?
ऐरावती गाउँपालिका (प्युठान)
८. विश्व स्वास्थ्य सङ्गठनले कुन वर्षलाई ‘नर्स र मिडवाइफ वर्ष’ का रूपमा मनाउने निर्णय गरेको हो ?
सन् २०२० ।
(फ्लोरेन्स नाइटिङ्गेलको २००औँ जन्मोत्सवको सन्दर्भ पारी उहाँको सम्मान गर्दै सन् २०२० लाई ‘नर्स र मिडवाइफ वर्ष’ का रूपमा मनाउने निर्णय गरिएको ।)
९. विसं २०७६ कात्तिक २१ मा जारी राष्ट्रिय शिक्षा नीतिअनुसार कक्षा ८ सम्मको परीक्षा कुन स्तरमा सञ्चालन हुने उल्लेख छ ?
स्थानीय तह
– सो नीतिअनुसार कक्षा १० सम्मको परीक्षा प्रदेश र कक्षा १२ सम्मको शिक्षा राष्ट्रियस्तरमा सञ्चालन गरिने ।
– केन्द्रीय विश्वविद्यालय, केन्द्रीयस्तरका प्रज्ञाप्रतिष्ठान तथा केन्द्रीय पुस्तकालयहरूको नियमन तथा मापदण्ड निर्धारणसम्बन्धी अधिकार सङ्घमातहत रहेको ।
– नीतिमा शिक्षकको सेवा, सर्त, सुविधा एवम् योग्यतासम्बन्धी मापदण्ड एवम् नीतिलाई सङ्घको मातहत राखिएको ।
१०. नेपालसँग दौत्य सम्बन्ध कायम भएको १६८औँ राष्ट्र कुन हो ?
घाना (सन् २०१९ सेप्टेम्बर २५)
११. राष्ट्रिय आविष्कार केन्द्रको स्थापना कहिले गरिएको हो ?
विसं २०७६ कात्तिक १ ।
– केन्द्रका अध्यक्ष महावीर पुनको नेतृत्वमा सो केन्द्र स्थापना भएको ।
– केन्द्र कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माण
गरिने भएको ।
१२. इबोला महामारीबाट प्रताडित कङ्गोलाई विश्व स्वास्थ्य सङ्गठनले सङ्कटग्रस्त क्षेत्र कहिले घोषणा गरेको हो ?
सन् २०१९ जुलाई १८ ।
१३. प्रदेश ३ को लोकसेवा आयोग अध्ययक्षमा कसलाई नियुक्त गरियो ?
सुरेशमान श्रेष्ठ ।
– पूर्वसचिव श्रेष्ठलाई २०७६ कात्तिक २९ मा आयोगको अध्ययक्षमा नियुक्त गरिएको । उहाँले विसं २०७६ मङ्सिर २ मा पद तथा गोपनीयताको
शपथ लिनुभएको ।
– यसअघि प्रदेश २ लोकसेवा आयोग अध्यक्षमा सुरेन्द्रप्रसाद यादव (२०७६ भदौ ५ मा सिफारिस) र प्रदेश ५ लोकसेवा आयोग अध्यक्षमा डिलाराम भट्टराई (२०७६ साउन २८ मा शपथ) चयन भएका ।
१४. दीर्घकालीन सोच, २१०० अनुसार विसं २१००÷०१ मा आधारभूत सामाजिक सुरक्षामा आबद्ध जनसङ्ख्या कति हुने अनुमान छ ?
१०० प्रतिशत ।
१५. गण्डकी प्रदेशले विकास निर्माणका योजनाको जानकारी एवम् अनुगमनका लागि ‘बार रुम’ कहिलेबाट सञ्चालनमा ल्याएको हो ?
विसं २०७५ फागुन ४ ।
१६. विश्व टी–२० क्रिकेटमा लगातार १२ खेलमा जित निकालेर नयाँ विश्व रेकर्ड कायम गर्ने राष्ट्र कुन हो ?
अफगानिस्तान ।
(अफगानिस्तानले २०१८ फेब्रुअरी ५ देखि २०१९ सेप्टेम्बर १५ सम्म लगातार १२ खेलमा जित निकालेर नयाँ रेकर्ड कायम गरेको । यसअघि अफगानिस्तानकै नाममा लगातार ११ खेलसम्म जितेको रेकर्ड रहेको । २०१६ मार्च २७ देखि २०१७ मार्च १२ सम्म अफगानिस्तानले टी–२० मा लगातार ११ खेलमा जित दर्ता गर्दा पाकिस्तानको रेकर्ड भङ्ग भएको ।
१७. विश्व टी–२० क्रिकेटमा लगातार सात बलमा छक्का प्रहार गरी नयाँ रेकर्ड कायम गर्ने खेलाडी कुन देशका हुन् ?
अफगानिस्तान ।
(बङ्गलादेशमा सन् २०१९ सेप्टेम्बरमा सम्पन्न त्रिकोणात्मक टी–२० सिरिजको खेलमा जिम्बावेविरुद्धको प्रतिस्पर्धामा अफगानी ब्याट्सम्यान मोहम्मद नाबी र नजिबुल्लाह जर्दानले लगातार सात बलमा छक्का प्रहार गरेका । जिम्बावेका चतराले इनिङको १६.३, १६.४, १६.५ र १६.६औँ ओभर बलिङ गर्दा नाबीले चारै बलमा छक्का प्रहार गर्नुभएको । सोपश्चात् मडजिभाले गरेको १७.१, १७.२ र १७.३औँ ओभर बलिङमा जर्दानले लगातार छक्का प्रहार गरी कीर्तिमान रचेका ।)
१८. हरित सहर भनी हेटौँडालाई चिनिन्छ भने गुलाबी सहर भनी कुनलाई चिनिन्छ ?
वालिङ ।
(त्यसैगरी, सेल्फी सहर धनकुटा, फ्री वाईफाई नगर मटिहानी तथा बालमैत्री स्थानीय शासन नगर देवचुली र सुनवललाई चिनिने ।)
१९. अन्तर्राष्ट्रिय फौजदारी अदालतको सदस्यता त्याग गर्ने पहिलो राष्ट्र कुन हो ?
बुरुन्डी (सन् २०१७ अक्टोबर २७ ।)
(सदस्यता त्याग्ने दोस्रो राष्ट्र फिलिपिन्स रहेको । फिलिपिन्सले सन् २०१८ मार्च १७ मा सदस्यता त्यागको घोषणा गरेको ।)
२०. आर्थिक सर्वेक्षण २०७५÷७६ अनुसार नाफामा सञ्चालित सार्वजनिक संस्थान कति रहेका छन् ?
२६
२१. दोस्रो चीन–दक्षिण एसिया साहित्य सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?
विसं २०७६ असोज २८–३०
– नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा आयोजना भएको सो सम्मेलनमा नेपाल, चीन, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्सबाट संस्थागत रूपमा साहित्यकार, शिक्षाविद् एवम् पत्रकारको प्रतिनिधित्व रहेको ।
– सम्मेलनले छबुँदे घोषणापत्र जारी गरेको । सो घोषणापत्रमा बहुभाषामा साहित्यको विकास गर्न आ–आफ्नो देशमा साहित्यिक गतिविधि गर्ने, साहित्यक तथा साँस्कृतिक रूपमा सँगै काम गर्ने र सबैलाई एउटै छातामुनि ल्याउने, रचनात्मक कार्य तथा पढ्ने संस्कारलाई प्रवद्र्धन गर्न हरेक देशमा वर्षको दुईपटक विविध कार्यक्रम आयोजना गर्ने, साहित्य, कला, नाटकलगायत विधाहरू बालबालिकाको पहुँचमा पु¥याई यसै फोरमको माध्यमबाट बढाउने, भाषा सिक्ने सिकाउने, भाषा उल्थाका लागि सभा सम्मेलन आयोजना गर्ने लगायतका कुरा समेटिएको ।
– यसअघि पहिलो सम्मेलन सन् २०१७ मा चीनको सिचुवान प्रान्तस्थित छेन्दुमा सम्पन्न भएको ।
२२. नेपालका आदिवासी जनजातिहरूको भाषा संरक्षण गर्ने उद्देश्यका साथ विश्वव्यापी अभियानको थालनी कहिलेदेखि गरिएको हो ?
विसं २०७६ असार १५ (थाइल्यान्डबाट) ।
२३. सूचना प्रविधि केन्द्र स्थापना गर्ने पहिलो स्थानीय तह कुन हो ?
साँफेबगर नगरपालिका (अछाम) ।
२४. अपरेसन नाइटिङ्गेल भन्नाले के बुझिन्छ ?
प्राकृतिक प्रकोपबाट पीडित जनतालाई चिकित्सकीय सेवा उपलब्ध गराउन स्थानीय रूपमा सञ्चालित कार्यक्रम ।
२५. नेपालको इतिहासमा हालसम्मकै लामो संसद् अधिवेशन कति दिन सञ्चालन भएको थियो ?
३८१ दिन (विसं २०७३ वैशाख २१–२०७४ जेठ ४ सम्म) ।
२६. जीवाकोषविज्ञानका पिताका रूपमा कसलाई चिनिन्छ ?
लियोनार्दो दा भिन्ची ।
२७. ब्लुमवर्र्ग हेल्दिएस्ट कन्ट्री इन्डेक्स–२०१९ अनुसार नेपाल कतिऔँ स्थानमा रहेको छ ?
११०औँ (सबैभन्दा उच्च स्थानमा रहेको राष्ट्र ः स्पेन) ।
२८. नेपालमा कुपोषणको समस्या समाधान गर्न सन् २०१३ देखि कति वर्षे बहुक्षेत्रीय पोषण योजना कार्यान्वयनमा ल्याइएको थियो ?
पाँचवर्षे ।
(पहिलो योजना सम्पन्न भएपछि अहिले दोस्रो चरणको पाँचवर्षे (२०१८–२०२२) योजना कार्यान्वयन भएको ।)
२९. नेपालमा पहिलोपटक निर्यात दिवस कहिले मनाइयो ?
विसं २०७३ पुस २२
३०. प्रसिद्ध रामधुनी मन्दिर कहाँ रहेको छ ?
सुनसरी ।
– पूर्व–पश्चिम राजमार्गको झुम्का बजारबाट सात किलोमिटरको दूरीमा रहेको यस मन्दिरमा बालाचतुर्दशी, शिवरात्रि, रामनवमीलगायतका महŒवपूर्ण पर्वमा मेला लाग्ने गर्छ ।
– त्रेतायुगमा भगवान् राम यही स्थानमा आएर वनवास बसेको किंवदन्ती रहेको छ । त्यो बेला भगवान् रामले बालेको मानिएको आगो (धुनी) अहिलेसम्म पनि बलिरहेको छ । साथै, मन्दिर परिसरमा रथको पाङ्ग्रा, इनार, सीताले प्रयोग गरेको जाँतोलगायत महŒवपूर्ण ऐतिहासिक वस्तुहरूसमेत यहाँ देख्न सकिन्छ ।
प्रस्तुतकर्ता : टङ्क केसी