logo
२०८१ मंसिर ११ मंगलवार



तनहुँ विपद प्रतिकार्यमा तयार

खुला |


तनहुँ विपद प्रतिकार्यमा तयार
स्थानीय स्रोत र साधनको प्रयोग गरि उद्दार गर्ने सम्बन्धी मादी नदीमा अभ्यास गर्दै । तस्बिर–अमरराज नहर्की


अमरराज नहर्की
तनहुँ, मङ्सिर १२ गते । विपद न्यूनिकरणको लागि तनहुँमा स्थानीय प्रविधिलाई प्राथमिकता दिईएको छ । स्थानीय स्तरमा उपलब्ध स्रोत साधनलाई परिचालन गरी व्यवस्थापन गर्दा खर्च कम हुने तथा प्रभावकारी पनि हुने भएकोले स्थानीय प्रविधिको प्रयोगलाई प्राथमिकता दिईएको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ ।

जिल्लाका पालिकाहरुलाई दुई/दुई जनाको दरले २० जनालाई चार दिने विपद् व्यवस्थापन सम्बन्धि तालिम प्रदान गरिएको तालिम विहीबार पुरा भएको छ । व्यास नगरपालिका–५ चापाघाट स्थित श्रीकृष्ण दल गणले विपद्मा जनधन न्यूनिकरणको लागि स्थानीय प्रविधिमा आधारित तालिम प्रदान गरेको हो । विपद प्रतिकार्यको लागि स्थानीय प्रविधिमा आधारित रही तयारी अवस्थामा राखिएको विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो । आधुनिक प्रविधि खरीद गर्न महंगो, सञ्चालन गर्न प्राविधिक ज्ञानको अभाव हुने भएकोले परम्परागत प्रविधिकाबारेमा ज्ञान दिने विपद व्यवस्थापन समितिले गत असारमा नै निर्णय गरेकोले हाल उक्त तालिम प्रदान गरेका हौं प्रजिअ पण्डितले भन्नुभयो, स्थानीय प्रविधि भनेर हेलाँ गर्नु हुँदैन झन् प्रभावकारी हुन्छ । तनहुँको भानु नगरपालिकामा गोली हान्ने आदेश दिँदा समेत चितुवा नियन्त्रण लिन नसिकएको उदाहरण दिंदै प्रमुख जिल्ला अधिकारी पण्डितले परम्परागत खोरमा चितुवालाई पासोमा पार्न सकिएको जानकारी दिनुभयो । व्यास नगरपालिकाको आर्थिक व्यवस्थापन तालिम प्रदान गरिएको कार्यक्रम जानकारी दिइएको छ ।

विपद न्यूनिकरण तालिम नेपाली सेनाका सात जनाले तालिम प्रदान गर्नु भएको थियो । श्री नम्बर १ विपद व्यवस्थापन गण सुन्दरीजल काठमाडौंबाट दक्ष प्रशिक्षक झिकाई तालिम प्रदान गरिएको तालिमको आयोजक श्रीकृष्ण दलगण चापाघाट व्यारेका गणपति अनन्तबहादुर सिंहले जानकारी दिनुभयो । नियन्त्रण गर्ने उपकरण बनाउने तरिका, उपाय आदिको बारेमा तालिम प्रदान गरिएको जानकारी दिनुभयो । सडक दुर्घटना, आगोलागी, बाढीपहिरो र भुकम्प गएकोले बेला गर्ने उद्धार सम्बन्धि तालिम प्रदान गरिएको प्रमुख शिक्षक तथा श्री नं. १ विपद व्यवस्थापन गणका सहसेनानी(क्याप्टेन) भरत पुलामी मगरले जानकारी दिनुभयो । पानीमा तैरिने प्लाष्टिका बोपत, ड्रम, म्याट, विचमा चिरेको बाँस, डोरी आदिको सहायतमा पानीमा गरिने उद्धारको बारेमा दमौलीमा मदीनदीमा गरिएको अभ्यास समापन कार्यक्रममा देखाईएको थियो । गाउँघरमा जे, जे उपलब्ध साधनको प्रयोग गरेर के कस्ता उद्धार गर्न सकिन्छ भनेर तालिम प्रदान गरिएको गणपनि सिंहले बताउनुभयो । समुदायमा रहेका साधरण जनताले सिकेको कुरा अरुलाई पनि सिकाउने गरी तालिम प्रदान गरिएको कार्यक्रममा जानकारी दिनुभयो ।

तालिमको व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले समापन गर्नुभयो । उक्त अवसरमा मेयर न्यौपानेले मादी नदीमा स्थानीय प्रविधि प्रयोग गरी बाढीमा गरिने सम्बन्धी उद्दार अभ्यास हेर्दा प्रभावकारी लागेको बताउनुभयो । विदेश भ्रमणका क्रममा फिलीपिन्समा विपद व्यवस्थापनलाई उच्च प्राथमिकता दिई तयारी अवस्थामा राखेको देख्दा नेपाल पछाडि परेको महशुस भएको उहाँले बताउनुभयो । विपद व्यवस्थापनलाई प्राथमिकता नदिँदा ठूलो जनधनको क्षति पुग्ने बताउँदै नगरप्रमुख न्यौपानेले व्यास नगरपालिकाले उच्च प्राथमिकता दिएको बताउनुभयो । विपद व्यवस्थापनको चालू आर्थिक वर्षका लागि १५ लाख रुपैयाँ व्यवस्था गरिएको र आगामी वर्ष बढाउँदै लैजाने उहाँले बताउनुभयो । तालिममा चारवटा नगरपालिका र छवटा गाउँपालिका गरी १० वटा स्थानीय तह रहेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?