logo
२०८१ मंसिर ११ मंगलवार

  माईक्रोबस दुर्घटना अपडेट 



चालक पक्राउ, द्रूत गतिका कारण भएको अनुमान (नामावली सहित)

खुला |


चालक पक्राउ, द्रूत गतिका कारण भएको अनुमान (नामावली सहित)


कमल शर्मा
दैलेख,मङसिर १३ गते । सुर्खेतबाट दैलेख सदरमुकामका लागि छुटेको माईक्रो बस दुर्घटनामा मृत्यु हुनेहरूको परिचय खुलेको छ । दैलेखको गुराँस गाउँपालिका वडा नः ४ मुग्रा स्थानमा दुर्घटना भएको सो माईक्रोमा बसमा सवार तीन बच्चा सहित १८ जना मध्ये तीन जनाको घटना स्थलमै मृत्यु भएको थियो ।
मृत्यु हुनेमा दैलेख जिल्ला महावु गाउँपालिका वडा ३ बाँसी स्थायी घर भई जिल्ला बर्दिया सानोश्रीब ८ ताराताल बस्ने बर्ष २९ नाम बहादुर बढुवाल र उहाँको धर्मपत्नी बर्ष २७ की कमला बडुवाल र सुर्खेत जिल्ला बीरेन्द्रनगर नगरपालिका वडा ३ तातोपानी बस्ने बर्ष ५७ को थिरे कामीको रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरि बहादुर वलीले बताउनुभयो ।
दुर्घटनामा परि घाईते हुनेहरूमा सुर्खेत जिल्ला खजुरा बस्ने मंगले गुरुङ, मुकेश गुरुङ, दैलेख जिल्ला दुल्लु नगरपालिका १० बस्ने लक्ष्मी योगी, अबिषेक योगी, सुर्खेत जिल्ला तातापानी बस्ने मोहन परिवार, झुमा परिवार, चन्द्रा परिवार, सुर्खेत जिल्लान सुब्बाकुना बस्ने देबीप्रसाद सुबेदी, दैलेख जिल्ला भगवतिमाई गाउँपालिका वडा ३ बस्ने लक्ष्मी ्रसाद उपाध्याय रहनु भएको छ ।
त्यस्तै अन्य घाइतेमा सुर्खेत जिल्ला बीरेन्द्रनगर धुलायबिट बस्ने चन्द्रकली सिगौली,बाँके जिल्ला नौबस्ता बस्ने कर्णबहादुर बोगटी, उहाँको श्रीमती बर्ष ५२ की लक्ष्मी बोगटी, दैलेख जिल्ला चामुण्डाबिन्द्रासैनी वडा न ः ४ बस्ने बर्ष १७ की लक्ष्मी रावत,दैलेख जिल्ला नारायण नगरपालिका वडा ४ बस्ने दिलबहादुर कटुवाल रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
माईक्रोबस सडक भन्दा २५० मिटर तल खसेको थियो । सुर्खेत दैलेखको आउँदै गरेको माईक्रोबस ११ः१५मा दुर्घटना परेको र घटना भए लगत्तै स्थानीयले माईक्रोबस दुर्घटना भएको खवर प्रहरीलाई गरेपछि उद्धारका लागि प्रहरी चौकी रानिमत्ता र प्रहरी चौकी डुगेश्वरबाट प्रहरी खटाइएको थियो ।
प्रहरीका अनुसार माईक्रोबस चालक सुर्खेत बीरेन्द्रनगर नगरपालिका वडा १३ का २३ बर्षिया नरेश शाहीलाई प्रहरीले फक्राउ गरि थप अनुसन्धान गरीरहेका प्रहरीले जनाएको छ । जिल्ला प्रहरीले दिएको प्रारम्भिक सूचना अनुसार माईक्रोबस द्रुर्त गतिमा हुनु र बे्रक फेल वा स्ट्ररिङ नघुमेका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?