प्रदिप पन्त
बागलुङ, मङसिर १४ गते । प्रदेश सभा सदस्य क्षेत्र न २ को ‘ख’ र बडिगाड गाउँपालिका–२ को स्थानीय तहका लागि मतदान प्रक्रिया सञ्चालन भएको छ । प्रदेश २ को ‘ख’मा ४५ मतदान केन्द्रमा बिहान ७ बजे देखि मतदान भईरहेको छ । भने वडिगाड गाउँपालिका–२ को स्थानिय तह उपनिर्वाचनको लागि भने दुईवटा मतदान केन्द्रमा मतदान भईरहेको छ ।
अहिलेसम्म मतदान प्रक्रिया शान्ति रुपमा सञ्चालन भईरहेको मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले बताउनुभयो । जेष्ठ नागरिक,अपाङ,सुत्केरी तथा असक्तहरुलाई सहज रुपमा मतदान गर्नको लागि छुटै व्यवस्था गरिएको छ । लुकुरबन मतदान केन्द्रबाट ९७ वर्षिया कुलबहादुर अर्जेवा र उत्तरगंगा मतदान केन्द्रमा ९० बर्षिय मोतिसरा विश्कर्माले मतदान गर्नुभएको छ ।
उपनिर्वाचनमा बामपन्थी गठबन्ध,नेपाली काग्रेस,राप्रपा संयुक्त, समाजवादी पार्टी,राप्रपा ,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,राष्ट्रिय जनमुक्ति पार्टी,मंगोल नेशनल अर्गनाईजेशन र दुई स्वतन्त्र गरि १० जनाको उमेदवारी रहेको छ ।
बामपन्थी गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका खिम बिक्रम शाही, नेपाली कांग्रेसको तर्फबाट जीत शेरचन,समाजवादीबाट अशोककुमार विश्वकर्मा, राप्रपा संयुक्तबाट निमबहादुर भण्डारी, राप्रपा बाट गणेशबहादुर कुबर, संघिय लोकतान्त्रिक राष्ट्रिय मंञ्चबाट अनिलकुमार राई,राष्ट्रिय जनमुक्तिका यामबहादुर आले,मंगोल नेशलन अर्गनाईजेशनका मित्रबहादुर मगर र स्वतन्त्रबाट सन्तोष भण्डारी र शेरमान घर्तीले उमेदवारी दर्ता गरि चुनावमा उत्रेका छन । स्वतन्त्र उमेदवार घर्ती भने उमेदवारी दर्ता फिर्ता नलिएपनि आफनोे समर्थ नेकपा उमेदवारलाई समर्थ जनाउनुभएको छ ।
२०७४ सालमा भएको निर्वाचनमा बामपंथी गठबन्धनको तर्फबाट राजमोबाट विजयी हुनभएका प्रदेश सांसद टेकबहादुर घर्तीको मृत्यु भए पछि रिक्त रहेको स्थानमा उपनिर्वाचन भएको छ । यस क्षेत्रमा ३६ हजार ९ सय २६ जना मतदाता रहेका छन् ।
२०७४ सालमा भएको निर्वाचनमा बामपंथी गठबन्धनबाट स्वर्गीय घर्र्ती ११ हजार ८ सय ८४ मत र निकतम प्रतिसप्रधि नेपाली कांग्रेसका जीत शेरचनले ८ हजार ६ सय २४ मत ल्याउनुभएको थियो । वडिगाड गाउँपालिका वडा–२ को अध्यक्षमा नेकपाबाट ढालप्रसाद शेरचन,नेपाली काग्रेस डिल बहादुर राना,समाज पार्टीका हरिलाल राना चुवानी मैदानमा रहनुभएको छ । यहा“ १ हजार ७ सय ४२ मतदाता रहेका छन । यस वडामा राष्ट्रिय जनमोर्चाबाट विजयी बिष्णु भुषाल जिल्ला समन्वय समितिको उपाध्यक्षमा निर्वाचित भएपछि यहा“ स्थानिय तहको उपनिर्वाचन हुन लागेको छ । निर्वाचनलाई भए रहित र शान्तिपुर्ण बनाउन सुरक्षा व्यवस्था मजबुद बनाईएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताउनुभयो । जिल्लामा उपनिर्वाचनको कर्मचारी र स्वयंमसेवक गरि ४ सय ५ जना कर्मचारी खटिएका छन् ।