logo
२०८१ मंसिर ११ मंगलवार



चितवनमा ४० प्रतिशत मत खस्यो, शान्तिपूर्वक मतदान जारी

खुला |


चितवनमा ४० प्रतिशत मत खस्यो, शान्तिपूर्वक मतदान जारी
भरतपुर महानगरापलिकाको वडा नं. १६ मा मतदान गर्न आउनेहरु, फोटो– शालिग्राम नेपाल चितवन



शालिग्राम नेपाल

चितवन, मङसिर १४ गते । स्थानीय तहको उपनिर्वाचनमा चितवनको तीन वडा वडामा जारी मतदानमा अहिले दिउसो १२ बजेसम्म ४० प्रतिशन भन्दा धेरै मत खसेको छ । भरतपुर महानगरपालिकाको वडा नं. १६ , खैरहनी नगरपालिकाको वडा नं. ४ र ५ मा भएको निर्वाचनमा ४० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयलका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनु भयो । विहान ७ बजेदेखि सुरु हुने भनिएपनि ७ः३० बजेबाट मात्र मतदान सुरु भएको थियो । तीनवटा स्थानमा भएको निर्वाचन अहिलेसम्म शान्ति पूर्वक सञ्चालन भइराखेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनु भयो । मतदानामा मतदाताहरुको उत्साहजनक सहभागिता रहेको छ । निर्वाचन क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

भरतपुर १६ मा तीन वटा मतदान स्थलमा मतदान जारी छ । जसअन्तरगत मध्यान्ह १२ बजसम्म वडा कार्यालय भवन मोहनपुर केन्द्रमा आठसय मत, दुर्गा शेषकान्त अधिकारी मावि विजयनगरमा एकहजार मत, मावि ढड्डाघारीमा एकहजार एकसय मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस वडामा कुल ८ हजार ४८१ मतदाता रहेका छन् ।
यस्तै पूर्वी चतवनको खैरहनी नगरपालिका वडा नं. ४ मा एकहजार माथि र वडा नं.५ मा एघारसय मत खसेको छ । वडा नं. ४ मा दुई हजार ६९२ र वडा नं. ५ मा दुई हजार १११ मतदाता रहेका छन् । यस अघि भरतपुर १६ मा तात्कालिन एमाले, खैरहनी नगरपालिका वडा नं. ४ र ५ मा नेपाली काँग्रेस विजयी भएका थिए ।

जिल्लाको सुरक्षा व्यवस्था

उपनिर्वाचनलाई केन्द्रीत गरी जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतले भन्नु भयो ‘निर्वाचनलाई शान्तिपूर्ण सम्पन्न गर्नको लागि तीन घेरामा सुरक्षा व्यवस्था चुस्त पारिएको छ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले सुरक्षा दिइराखेका छन् ।’ निर्वाचन हुने स्थानलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी विभाजजन गरेर त्यहाँ आवश्यकता अनुसारको पोशाकमा तथा सादा पोशाकमा प्रहरी खटाइएको उहाले जानकारी दिनु भयो ।

निर्वाचन हुने स्थानमा तीनदिन अगाडिदेखिनै सुरक्षाकर्मीले सुरक्षा दिएका छन् ।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा निर्वाचन कमाण्ड पोष्ट, सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा सेलको व्यवस्था गरेका छौ वस्नेतलले भन्नु भयो । वुधबार बेलुकादेखि आइतबार बेलुकासम्म निर्वाचन हुने क्षेत्र र त्यसको आसपासमा मादक पदार्थ उत्पादन, बिक्री र प्रयोगलाई निषेध गरिएको छ । मतदान सकिए लगतै मतगणनाको काम गरिने तयारी रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?