logo
२०८१ मंसिर ११ मंगलवार



भैलोबाट संकलित रकम राष्ट्रिय आविश्कार केन्द्रलाई

खुला |


भैलोबाट संकलित रकम राष्ट्रिय आविश्कार केन्द्रलाई


गोरखापत्र समाचारदाता
काठमाडौं, मंसिर १४ गते । देउसी भैलो खेलेर संकलित रकम महाविर पुनले स्थापना गरेको राष्ट्रिय आविश्कार केन्द्रलाई हस्तान्तरण गरिएको छ । नागार्जुन नगरपालिका १० स्थित प्रेरणा महिला समूह, प्रेरणा टोल विकास संस्था र प्रेरणा बाल क्लवले केन्द्रका संस्थापक महाविर पुनलाई शनिवार आयोजित एक कार्यक्रममा नगद ४० हजार रुपियाँ हस्तान्तरण गरेका हुन् ।
गएको तिहारमा समूहिकरुपमा खेलिएको भैलोबाट संकलित रकम प्रविधि आविश्कारका क्षेत्रमा सदुपयोग होस भन्ने हेतुले केन्द्रलाई सहयोग गरिएको समूहकी पूर्व अध्यक्ष सविता पण्डितले वताउनुभयो । रकम हस्तान्तरण कार्यक्रममा पुनले प्रविधि विकासका लागि वालबालिकासमेत सहयोग गर्न तत्पर हुनुले आपूmलाई थप प्रेरणा मिलेको बताउनु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?