logo
२०८१ मंसिर ११ मंगलवार



जनताका समस्या समाधानमा प्रतिवद्ध हुने छु :विद्या भट्टराई

खुला |


जनताका समस्या समाधानमा प्रतिवद्ध हुने छु :विद्या भट्टराई



चन्द्रप्रकाश शर्मा
पोखरा, मङ्सिर १५ गते । प्रतिनिधिसभा सदस्य कास्की क्षेत्र नं. २ को उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कातर्फबाट उमेदवार बन्नुभएका भट्टराईले ‘कास्कीका जनताले स्व. रविन्द्र अधिकारीको निधनपछि जसरी आफूलाई जनताको सेवा गर्न चयन गरेर पठाउँनुभएको छ, सोही अनुसार जनताको मन नदुखाउँनेगरी काम गर्छु ।’ भट्टराईले भन्नुभयो । लामो समयदेखि प्राध्यापन पेशामा संलग्न भट्टराई तत्कालिन संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधनपछि श्रीमानले देखेको सपना पुरा गर्नका लागि राजनीतिमा सक्रिय हुनुभएको थियो ।
विद्यार्थी राजनीतिमा सक्रिय भएकै बेला रविन्द्र अधिकारीसँग बैबाहिक जीवन बाधिनुभएका भट्टराई विवाहपछि प्राज्ञिक क्षेत्रमा काम गर्दै आउनुभएको थियो । आफू विद्यार्थी आन्दोलन, महिला आन्दोलन हुँदै प्राज्ञिक क्षेत्रमा लागेपनि राजनीतिबाट टाढा नभएकाले आफूले जनताको चाहनाअनुसार काम गर्न सक्ने दावी गर्नुहुन्छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट उमेदवार बनेपछि आफ्नो निर्वाचन क्षेत्रका हरेक टोल टोल पुग्नुभएकी भट्टराईले जनताका समस्याका बारेमा आफू पहिल्यैदेखि जानकार रहेकाले ति समस्या समाधानका लागि प्रतिबद्ध हुने बताउनुभएको थियो ।
निर्वाचन घोषणा हुनुपुर्व भट्टराईका प्रतिस्पर्धी काँग्रेस उमेदवार खेमराज पौडेलले माला लगाएर बधाई दिनुभएको थियो । भट्टराईलाई बधाइ दिदै पौडेलले बहुदलीय व्यवस्थाको सुन्दर पक्ष भनेकै प्रतिस्पर्धा भएकाले दलहरुबीच हुने प्रतिस्पर्धा र हारजितलाई आफूले सहजरुपमा लिएको बताउनुभएको थियो । भट्टराईलाई खादा र माला लगाउँदै पौडेलले कास्कीका जनताका समस्या समाधानका लागि आफू सधैभरी भट्टराईसँगै रहने बताउनुभएको थियो ।
उपनिर्वाचनलाई मिनी जनमत संग्रहको रुपमा दलहरुले प्रतिष्ठाको रुपमा लिएका थिए । निर्वाचनमा भाग लिएका प्रमुख दल लगायत साना दलका समेत केन्द्रीय स्तरका नेताहरुको सहभागितामा आमसभा, घरदैलो लगायतका कार्यक्रमहरु भएका थिए ।
उपनिर्वाचनमा प्रतिस्पर्धामा रहेका अन्य ११ राजनीतिक दल र १० जना स्वतन्त्र उमेदवारले झिनो मत मात्र प्राप्त गरेका थिए । प्रतिस्पर्धामा रहेका समाजवादी पाटीका धर्मराज गुरुङले एक हजार ९२२, राप्रपाका रोमबहादुर भण्डारीले एक हजार १५३, साझा पार्टीका रजनी केसीले ९४२, मंगोल नेशलनल अर्गनाइजेसनका रियाज गुरुङले १३८, राप्रपा (संयुक्त)का गंगा मल्लले ९५, नेकपा (माले)का टेकनाथ भण्डारीले ५१, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले ३५, नेपाली काँग्रेस विपीका चन्द्रबहादुर रानाभाटले २८, देशभक्त नेपालका विरबहादुर विश्वकर्माले ११ र स्वतन्त्र उमेदवार उमनाथ गौतमले १, कमलजंग कुँवरले ६१, जमुना शर्माले ७७, दिपक रेग्मीले ५, नवराज बास्तोलाले १८, यज्ञप्रसाद पंगेनीले १, रनबहादुर दमैले ४, लक्ष्मी भुजेलले ४, सुनिल बहादुर कोइरालाले ११ र सुनिल भुसालले ४ मत प्राप्त गर्नुभएको थियो ।
यसैबीच, प्रदेशसभा सदस्यअन्र्तगत बागलुङ क्षेत्र नं. २ (ख) को मतगणना जारी छ । आइतबार अवेरसम्म ५० प्रतिशत मतगणना सकिएको र सोमबार बिहानसम्म मतपरिणाम आउने निर्वाचन कार्यालयले जनाएको छ । ५० प्रतिशत मतगणना हुँदासम्म बाम गठबन्धनबाट उमेदवार बन्नुभएका राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाही नेपाली काँग्रेसका जित शेरचन भन्दा करिब एक हजार मतान्तरले अग्रता कायम गरिरहनुभएको छ ।

याे पनि पढ्नुहाेस्

काश्की–२ मा नेकपाकी विद्या भट्टराई विजयी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?