logo
२०८१ मंसिर ११ मंगलवार



गोपसका कर्मचारीलाई खरिद प्रक्रियासम्बन्धी तालिम

खुला |


गोपसका कर्मचारीलाई खरिद प्रक्रियासम्बन्धी तालिम


गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर १६ गते । गोरखापत्र संस्थानले कर्मचारीका लागि खरिद प्रक्रियासम्बन्धी पाँचदिने तालिम प्रदान गरेको छ । तालिमको आइतबार समापन गर्दै संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले गोरखापत्रको हरेक कामकारबाहीलाई एउटा प्रणालीमा आवद्ध गराउन यो तालिम सहायक रहेको बताउनुभयो । कर्मचारीले खरिद प्रक्रियाका बारेमा सिकेका विभिन्न चरणको उपयोग गर्दै फाइदा लिनुपर्नेमा जोड दिनुभयो ।
संस्थानको खरिद प्रक्रियाका गतिविधिमार्फत कामकारबाहीलाई चुस्त र पारदर्शी बनाउन मद्दत गर्ने संस्थानका विज्ञ सल्लाहकार टीकाराम राईले बताउनुभयो । प्रक्रियामा सुधार हुँदै जाँदा गोरखापत्रका प्रकाशनमा प्रयोग हुने सामग्रीको गुणस्तरमा सुधार भएकोले कर्मचारीलाई थप चुस्त बनाउन तालिम आयोजना गरिएको जानकारी दिनुभयो ।
मुख्य प्रशिक्षक एवं खरिद विज्ञ शङ्करकृष्ण श्रेष्ठले खरिद प्रक्रिया व्यवस्थित गर्न तालिमले सघाउने विश्वास व्यक्त गर्नुभयो । खरिद प्रक्रियाको सही अवलम्बन गर्दै संस्थानको आवश्यकता र परिणामसँग जोडेर व्यवस्थित प्रणाली बनाउन कर्मचारीलाई जिम्मेबार बनाउने उहाँको भनाइ थियो । तालिमबाट अब निर्धक्क भएर काम गर्ने सहजता बढेको संस्थानस्थित व्यापार विभागका निमित्त निर्देशक ओमप्रकाश भुसालले अनभुव सुनाउनुभयो ।
संस्थानका कानुनी सल्लाहकार अधिवक्ता कुमारप्रसाद भट्टराईले सिकाइको फल संस्थामा रहँदामात्र हैन बाहिर रहेर काम गर्नुपर्दा पनि काम लाग्ने टिप्पणी गर्नुभएको थियो । तालिम संयोजक ताराबहादुर बस्यालका अनुसार यही मङ्सिर ११ देखि १५ गतेसम्म चलेको तालिममा संस्थानका विभिन्न ओहोदाका ४२ जना कर्मचारी सहभागी हुनुहुन्थ्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?