logo
२०८२ जेष्ठ २७ सोमवार



बलात्कार आरोपित सिद्धबाबालाई थुनामा राख्न चार दिनको म्याद

खुला |


बलात्कार आरोपित सिद्धबाबालाई थुनामा राख्न चार दिनको म्याद


जयकृष्ण यादव

इनरुवा, मंसिर १६ गते । आफ्नै अनुयायी महिलामाथि बलात्कारको आरोप लागेका सिद्धबाबालाई थप अनुशन्धानको लागि जिल्ला अदालत सुनसरीले चार दिनको म्याद दिएको छ ।

३५ वर्षिया महिलामाथि बलात्कार आरोप लागेका सिद्धबाबालाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको थियो । सोमबारनै जिल्ला अदालत सुनसरीले थुनामा राखेर अनुशन्धान गर्न प्रहरीलाई चार दिनको म्याद उपलब्ध गराएको हो ।

सिद्धबाबा, रामकृष्णाचार्य, बैष्ण कृष्णदास नामले प्रख्यात रहेका उनको वास्तविक नाम कृष्णबहादुर गिरी रहेको प्रहरीले जनाएको छ ।

बिराटनगर स्थित बिराट नर्सिङ्ग होम अस्पतालमा उपचाररत रहेको बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले अस्पताल परिसरबाटै नियन्त्रणमा लिएको प्रहरीले पुष्टि गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले आरोपित बाबालाई अस्पतालबाटै नियन्त्रणमा लिएको जानकारी दिनुभएको छ । पीडित भनिएको महिलाको मंसिर ११ गतेनै इनरुवा अस्पतालमा स्वास्थ्य परीक्षण भैसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?