१. विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा प्रतिजैविक सप्ताह कहिलेदेखि मनाउन थालिएको हो ?
सन् २०१५ ।
– संयुक्त राष्ट्रसङ्घअन्तर्गतका विश्व स्वास्थ्य सङ्गठन, खाद्य तथा कृषि सङ्गठन र विश्व पशु स्वास्थ्य सङ्गठनको संयुक्त आह्वानमा विश्वभरि नै नोभेम्बर १८ देखि २४ गतेसम्म प्रतिजैविक सचेतना सप्ताह मनाउने गरिएको ।
– हाल विश्वभर प्रतिजैविक (एन्टिबायोटिक) औषधिहरूले काम नगरेका कारण बर्सेनि सात लाख मानिसको मृत्यु भइरहेको अनुमान विश्व स्वास्थ्य सङ्गठनले गरेको छ । पछिल्ला दुई÷तीन दशकदेखि जीवाणुहरूले प्रतिजैविक औषधिहरूविरुद्ध प्रतिरोध विकास गर्दै गइरहेको देखिएको छ । जीवाणुहरूले यसरी प्रतिजैविक औषधिहरूविरुद्ध प्रतिरोध विकास गर्नमा चिकित्सक र पशु चिकित्सकहरूको सिफारिसविना मानिस र पशुपक्षीहरूमा आवश्यकताभन्दा बढी प्रतिजैविक औषधिहरूको प्रयोग, चाहिनेभन्दा कम वा बढी मात्रामा प्रयोग, अस्पतालहरूमा सङ्क्रमण रोकथामसम्बन्धी अपर्याप्त व्यवस्थापन, अस्पतालहरूबाट उत्पादन हुने फोहोरहरूको उचित व्यवस्थापन नहुनु एवम् पछिल्लो तीन दशकयता कुनै पनि नयाँ समूहका प्रभावकारी प्रतिजैविक औषधिहरू आविष्कार हुन नसक्नु मुख्य कारण रहेका मानिन्छ ।
२. सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाइबाट अस्वीकृत हुने पहिलो व्यक्ति को हुन् ?
दीपकराज जोशी (विसं २०७५ साउन १८) ।
३. सबै जिल्लामा स्वास्थ्य बीमा लागू गर्ने पहिलो प्रदेश कुन हो ?
सुदूरपश्चिम प्रदेश ।
४. अन्तर्राष्ट्रिय हस्पिटालिटी एन्ड ट्राभल अवार्ड २०१९ बाट सम्मानित नेपाली कम्पनी कुन हो ?
चन्द्रागिरि हिल्स रिसोर्ट ।
५. व्यावसायिक कफी खेती सर्वेक्षण २०७५÷०७६ अनुसार व्यावसायिक कफी खेती गरिएका प्रदेश कुन–कुन हुन् ?
प्रदेश नं. १, प्रदेश नं. ३, गण्डकी प्रदेश र प्रदेश नं. ५ ।
– केन्द्रीय तथ्याङ्क विभागद्वारा गरिएको सो सर्वेक्षणअनुसार सबैभन्दा बढी व्यावसायिक कफी उत्पादन प्रदेश नं. ३ मा गरिएको ।
– व्यावसायिक रूपमा कफी खेती गरिएका जिल्ला ३५ रहेका ।
– सबैभन्दा बढी कफी उत्पादन हुने जिल्ला काभ्रे र दोस्रोमा
स्याङ्जा रहेका ।
६. नेपालसँग दोहोरो करमुक्ति सम्झौता (डीटीएए) भएको पहिलो राष्ट्र कुन हो ?
भारत (सन् १९८७ जनवरी १८)
– हालसम्म नेपालले दोहोरो करमुक्ति सम्झौता गरेका राष्ट्र ११ पुगेका ।
– नेपालसँग डीटीएए भएका राष्ट्रहरू भारत, पाकिस्तान, श्रीलङ्का, अस्ट्रिया, मौरिसस, थाइल्यान्ड, नर्वे, कतार, दक्षिण कोरिया, चीन र बङ्गलादेश रहेका ।
७. जनताको जलविद्युत् कार्यक्रमको घोषणा कहिले भएको हो ?
विक्रम संवत् २०७५ फागुन २ गते ।
– यस कार्यक्रमको नारा “नेपालको पानी, जनताको लगानी ः हरेक नेपाली जलविद्युत्को सेयरधनी” रहेको ।
– जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत सर्वप्रथम सेयर बिक्री खुला विसं २०७५ चैत ७ मा गरिएको । पहिलो सेयर आवेदन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा (माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको सेयरका लागि) भएको ।
– कार्यक्रमअन्तर्गत सरकारले तीन हजार सात सय ७९ मेगावाटका १९ आयोजना छनोट गरिसकेको साथै १९ आयोजनाको निर्माण लागत अनुमान छ खर्ब रहेको ।
– आयोजनामा सर्वसाधारणको ३९ प्रतिशत तथा प्रभावित क्षेत्रका जनताको १० प्रतिशत सेयर हिस्सा रहने ।
८. सन् २०३० सम्म डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधन प्रतिबन्ध गर्ने घोषणा गर्ने राष्ट्र कुन हो ?
आयरल्यान्ड ।
९. मन्त्रिपरिषद्ले देशभरका ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय कहिले गरेको हो ?
विसं २०७५ मङ्सिर ३ ।
१०. ‘रोमको एउटा फूल’ र ‘पेरिसको एउटा काँडा’ का लेखक को हुन् ?
लैनसिंह वाङ्देल ।
११. दिगो विकाससम्बन्धी प्रतिवेदनअनुुसार नेपाललाई कहिलेसम्ममा जोखिममुक्त र सुरक्षायुक्त मानव विकास भएको राष्ट्र बनाउने लक्ष्य तय गरिएको छ ?
सन् २०३० ।
१२. विश्वमै दुर्लभ एकसिङ्गे गैँडाको संरक्षणका लागि सरकारद्वारा घोषित पाँचवर्षे योजनाको अवधि कुन हो ?
सन् २०१७–२०२१ ।
१३. बैङ्क अफ द इयर–२०१९ को उपाधिबाट सम्मानित बैङ्क कुन हो ?
मेगा बैङ्क नेपाल ।
– बेलायतको लन्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने ‘दी बैङ्कर’ ले सन् २०१९ का लागि बैङ्क अफ द इयर २०१९ को उपाधि नेपालबाट मेगा बैङ्कलाई प्रदान गरेको । दी बैङ्करले एक सय २० भन्दा बढी राष्ट्रका एक हजारभन्दा बढी बैङ्कमध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैङ्क छनोट गरी बैङ्क अफ दी इयर पुरस्कारबाट वर्षैपिच्छे सम्मानित गर्ने गरेको ।
– सन् २०१८ मा बैङ्क अफ दी इयरको उपाधि एनएमबी बैङ्कले प्राप्त गरेको ।
१४. बौद्ध धर्मसँग सम्बन्धित प्रमुख चारधाम कुन–कुन हुन् ?
लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगर ।
१५. ‘जैविक विविधता शैक्षिक उद्यान’ को स्थापना कहाँ गरिएको छ ?
ललितपुर (विसं २०७३ असोज ३) ।
१६. लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान कहिलेदेखि सुरु भएको हो ?
सन् १९९१ ।
– लैङ्गिक हिंसाविरुद्धको विश्वव्यापी अभियान प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने गरेको ।
– यस वर्ष (सन् २०१९) को नारा ‘अरेन्ज द वल्र्ड ः जेनेरेसन इक्वालिटी स्टान्डस् एगेन्स्ट रेप’ रहेको ।
– नेपालमा राष्ट्रिय नारा ‘समानताको पुस्ता ः बलात्कारविरुद्ध ऐक्यबद्धता’ तय गरिएको ।
– नेपालमा विसं २०५४ देखि देशव्यापी रूपमा यो अभियान सञ्चालन गरिँदै आएको ।
– नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७५ कात्तिक २९ कोे निर्णयअनुसार हरेक वर्ष मङ्सिर ९ गतेलाई लैङ्गिक हिंसाविरुद्धको अभियान दिवसका रूपमा मनाउने निर्णय गरिएकोे ।
– नेपाल सरकारको २०७६ जेठ ६ गतेको निर्णयअनुसार वर्ष २०७६ लाई लैङ्गिक हिंसाविरुद्धको अभियान वर्ष घोषणा गरिएको ।
– नेपालको संविधानको धारा ३८ मा महिलाको मौलिक हकअन्तर्गत महिलालाई लैङ्गिक भेदभावविना समान वंशीय हक, पीडितलाई क्षतिपूर्ति पाउने हक, राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक, सकारात्मक विभेदका आधारमा विशेष अवसर पाउने हक र दम्पतीको समान हकको प्रत्याभूत गरिएको ।
– महिलाको मानवअधिकार र महिला अधिकारका लागि अन्तर्राष्ट्रिय महासन्धिहरू विशेषगरी मानवअधिकारको विश्वव्यापी घोषणा १९४८, राजनीतिक तथा नागरिक एवम् आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसम्बन्धी अनुबन्ध १९६६, महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य गर्ने महासन्धि १९७९ को समेत नेपाल पक्षराष्ट्र बनेको ।
१७. बीबीआईएनअन्तर्गत कुन–कुन राष्ट्र पर्दछन् ?
भुटान, बङ्गलादेश, इन्डिया र नेपाल ।
(बीबीआईएनको स्थापना सन् १९९७ मा भएको ।)
१८. काठमाडौँलाई आधुनिक नेपालको राजधानीका रूपमा कहिले घोषणा गरिएको हो ?
विसं १८२६ चैत १० ।
१९. प्रधानमन्त्री क्रिश्चियन भए राष्ट्रपति मुस्लिम र प्रधानमन्त्री मुस्लिम भए राष्ट्रपति क्रिश्चियन हुने राष्ट्र कुन हो ?
लेबनान ।
२०. वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यसाथ सरकारले प्रदूषण शुल्क शीर्षकमा कर लगाउन कहिलेदेखि थालेको हो ?
आर्थिक वर्ष २०६५÷६६ ।
२१. नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता कहिले प्रदान गरिएको हो ?
विसं २०६५ कात्तिक ८ ।
२२. कछुवा संरक्षण केन्द्र कहाँ रहेको छ ?
झापाको सुखानी सिमसार क्षेत्र ।
२३. नेपाल विद्यापति पुरस्कार २०७६ कसलाई प्रदान गरियो ?
धनुषाका चन्द्रशेखर उपाध्याय (राशि ः रु. २ लाख)
(सुदामा चरित्र नामक खण्डकाव्यका लागि)
२४. विश्वसाइकल दिवस पहिलोपल्ट कहिले मनाइएको हो ?
सन् २०१८ जुन ३ ।
२५. ‘महाहन्ट अप्रेसन’ केसँग सम्बन्धित छ ?
दुर्लभ वन्यजन्तु र वनस्पतिको संरक्षण ।
२६. २१औँ संंस्करणको कमनवेल्थ गेम्स कहिले र कहाँ सम्पन्न भयो ?
सन् २०१८ अप्रिल ४–१५, क्वीन्सल्यान्ड (अस्टे«लिया) ।
– चार–चार वर्षको अन्तरालमा हुने यस प्रतियोगितामा योपटक कमन वेल्थअन्तर्गत ७१ राष्ट्रका चार हजार चार सय २६ खेलाडीले विभिन्न १९ खेलका दुई सय ७५ इभेन्ट्समा प्रतिस्पर्धा गरेका । महिला र पुरुष खेलाडीका लागि समान इभेन्ट्समा सङ्ख्या राखिएकाले उक्त प्रतियोगितालाई पहिलो लैङ्गिक समानता भएको खेलका रूपमा लिइएको ।
– प्रतियोगितामा अस्टे«लिया ८० स्वर्ण, ५९ रजत र ५९ कास्य गरी कुल एक सय ९८ पदकसहित प्रथम, इङ्ग्ल्यान्ड ४५ स्वर्ण, ४५ रजत र ४६ कास्य गरी कुल एक सय ३६ पदकसहित द्वितीय र भारत २६ स्वर्ण, २० रजत र २० कास्य गरी कुल ६६ पदकसहित तृतीय भएका ।
– कुनै समय बेलायती उपनिवेशअन्तर्गतका देशहरू सहभागी हुने कमन वेल्थ गेम्स सन् १९३० देखि १९५० सम्म ब्रिटिस एम्पायर गेम्सबाट चिनिने गरेको ।
२७. फेसबुकको सदस्य बन्नका लागि सामान्यतया उमेर हद कति रहेको छ ?
१३ वर्ष
२८. संविधानसभाबाट निर्मित विश्वको पहिलो संविधान कुन देशको हो ?
फ्रान्स (सन् १७९१) ।
२९. नेपालको वर्तमान संविधानको पहिलो संशोधन कहिले भएको हो ?
विसं २०७२ फागुन १६ ।
३०. नेपाल भ्रमण वर्ष २०२० लाई सार्थक बनाउने एवम् प्रदेश १ का पर्यटकीय गन्तव्यमा पर्यटक भिœयाउने लक्ष्यसहित प्रदेश १ मा सञ्चालन गरिएको अभियान कुन हो ?
‘यात्रा पूर्व’ अभियान (विसं २०७६ मङ्सिर ८ देखि) ।
(इमाजिङ नेपालद्वारा आयोजित ‘यात्रा पूर्व’ अभियानमा प्रदेश सरकारको सहयोग रहेको ।)
प्रस्तुतकर्ता : टङ्क केसी