तमघास , मङ्सिर १९ गते । कार्तिक २१ गते देखी हराइरहेका मालिका गाउँपालिका वडा नं ६ अर्जेका ४२ बर्षिय नारायण पराजुलीको शब जंगलमा फेला परेको छ ।
पराजुलीको शब मालिका गाउँपालिका वडा नं ६ आरुपाटा जंगलको भिरमा फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले जानकारी दिनुभयो । घलेका अनुसार बुधबार साँझ शबलाई स्थानीयले देखेर प्रहरीलाई खबर गरेकोे र जंगलको भिरमा भएकाले बिहीबार बिहान शब निकालिएको जानकारी दिनुभयो । घटनाको बारेमा बिस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।