logo
२०८१ मंसिर ११ मंगलवार



सिद्धबाबालाई पुनः सात दिनको म्याद थप

खुला |


सिद्धबाबालाई पुनः सात दिनको म्याद थप


 इनरुवा, मङसिर २० गते । जिल्ला प्रहरी कार्यालय सुनसरीले सिद्धबाबा भनिने कृष्ण गिरीलाई आज दोस्रो पटक म्याद थप गरेको छ । आफ्नै अनुयायीलाई बलात्कार गरेको अरोपमा मङ्सिर ११ गते पक्राउ परेका गिरीलाई जिल्ला अदालत सुनसरीमा दोस्रो पटक म्याद थप गरेर सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताउनुभयो । पहिलो पटकमा गिरीलाई चार दिनको म्याद थप गरेको थियो भने दोस्रो पटक सात दिनको म्याद थप गरेको सुनसरीका प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो ।    
    
पहिलो पटक थप गरेको म्यादभित्र अनुशन्धान पूरा नभएपछि दोस्रो पटक १० दिनको म्याद प्रहरीले माग गरेकोमा जिल्ला अदालत सुनसरीले सात दिनको लागि मात्र म्याद दिएको सुनसरीका प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो । विराटनगरको विराट नर्सिङ होममा अस्पतालमा उपचाररत गिरीलाई एम्बुलेन्समार्फत म्याद थपका लागि जिल्ला अदालत सुनसरीमा उपस्थित गराइएको थियो ।    
    
पहिलो पटक चार दिनको म्याद सकिएपछि थप अनुसन्धानका लागि पुनः सात दिनको म्याद थप गरिएको सुनसरीका प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो । गत कात्तिक ४ गते गिरीमाथि आफ्नै अनुयायीले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?