logo
२०८१ मंसिर ११ मंगलवार



आठ एसपी र २१ डिएसपीको सरुवा

खुला |


आठ एसपी र २१ डिएसपीको सरुवा


 काठमाडौँ, मङ्सिर २१ गते ।  प्रहरी प्रधान कार्यालयले आठ प्रहरी उपरीक्षक (एसपी) र २१ प्रहरी नायब उपरीक्षक (डिएसपी)को काज सरुवा गरेको छ ।    
    
नेपाल प्रहरीको शुक्रबारको निर्णयअनुसार प्रहरी प्रधान कार्यालय कानून शाखाका एसपी जनार्दन जिसीलाई स्याङ्जा र स्याङ्जाका राजकुमार लम्साललाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।    
    
सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईलाई प्रहरी प्रधान कार्यालय कानून शाखा, प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयका विश्वमणि पोखरेललाई सर्लाही, महानगरीय ट्राफिक प्रहरी महाशाखाका रविकुमार पौडेललाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र काभ्रेका जयराज सापकोटालाई २ नं प्रदेश प्रहरी कार्यालय जनकपुरमा सरुवा गरिएको छ ।    
    
यस्तै धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारलाई महानगरीय ट्राफिक प्रहरी महाखाशा तथा कर्णाली प्रदेश प्रहरी कार्यालयका एसपी रवीन्द्र रेग्मीलाई धादिङमा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीले शुक्रबार नै २१ प्रहरी नायब उपरीक्षकको समेत काज सरुवा गरेको छ ।    

महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी बालनरसिंह राणा, थानकोट प्रहरी वृत्त प्रमुख कुमारविक्रम थापा, महानगरीय प्रहरी वृत्त सातदोवाटो प्रमुख गौतम मिश्र र जिल्ला प्रहरी कार्यालय वाजुराका प्रमुख उद्धवसिंह भाट पनि सरुवा हुनु भएको छ ।
त्यस्तैं, डिएसपी सन्तुलाल प्रसाद जैसवाल मिर्र्चैया सिराह, सुकदेव खनाल केन्द्रीय अनुसन्धान ब्यूरो, टंकप्रसाद भटट्राई बाजुरा, अर्जुन रानाभाट हंशपुर कास्की, मोहनबहादुर खाँण पूर्वी नवलपरासी, दिलिप गिरी पथरी मोरङ, लक्ष्मीराज जोशी ईटहरि सुनसरी र प्रदिपबहादुर क्षेत्री दुधौली सिन्धुली सरुवा हुनु भएको छ ।
डिएसपीहरू रेवतरमण पोखरेल दोलखा, मानबहादुर राई मोरङ, घनश्याम श्रेष्ठ प्रहरी वृत्त थानकोट, कुमारविक्रम थापा भक्तपुर, भेषराज रिजाल गोरखा, शरतकुमार थापा लहान सिराहा, मित्रवन्धु थापा प्रहरी वृत्त सातदोवाटो, गौतम मिश्र बारा, बालनरसिंह राणा साइवर ब्यूरो, रंजीतसिंह राठौर प्रहरी वृत्त बालाजु, यादव ढकाल बैदाम कास्की र कोमल शाह सर्वोच्च अदालत सुरक्षा ईकामा सरुवा हुनु भएको छ ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?