logo
२०८१ मंसिर १२ बुधवार



युगौँदेखि नेवारी समुदायमा प्रचलित प्रेम दिवस

खुला |


युगौँदेखि नेवारी समुदायमा प्रचलित प्रेम दिवस


यलु जोशी

काठमाडौँ, मङ्सिर २८ गते । हामी १४ फेब्रुअरीको दिन सबैलाई सम्झना हुन्छ । प्रेम दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ भनेर । यो त बाहिरबाट आएको संस्कृति हो तर नेवारी समुदायमा पनि प्रेमका लागि विशेष दिन हुन्छ भन्ने
कमैलाई थाहा छ ।
नेवार समुदायमा यःमरी पुन्हि (यमरी पूर्णिमा)को भोलिपल्टलाई मतिना पारु अर्थात् माया गर्ने दिनको रूपमा लिने गरिन्छ । लोप भइसकेको नेवारी प्रेम दिवसबारे सामाजिक सञ्जालमा राखेपछि शुभकामना दिनेहरू पनि धेरै
छन् । नेवार समुदायका व्यक्तिहरूले सामाजिक सञ्जालमा मतिना पारुको शुभकामना दिएका छन् ।
इतिहासविद् गणेशराम लाछी भन्नुहुन्छ, ‘‘भ्यालेन्टाइन डेको इतिहास १४औँ शताब्दीको रोम राज्यबाट आएको
हो । भ्यालेन्टाइन नामक एक लोकप्रिय प्रेमीको नाममा बसेको दिवस विश्वभरि मनाउने गरिन्छ । भ्यालेन्टाइन डे भनेको जसरी नै माया, प्रणय निम्ति नेवार समुदायमा पनि एउटा विशेष दिन छ, त्यसलाई ‘मतिना पारु’ भनिन्छ । मनिता पारु भनेको प्रेम गर्ने दिन नै हो । यो दिन त नेवारी समुदाय युगौँदेखि थियो । मतिना पारु, लोकप्रिय चाड यःमरी पुन्हिको भोलिपल्ट पर्छ । पुन्हि भन्नाले नेपालभाषामा पूर्णिमा भनेझैँ, त्यसको भोलि पल्ट, पारु भन्नाले प्रतिपदा बुझिन्छ । ‘‘मतिना भनेको माया हो,’’ उहाँले जानकारी दिनुभयो ।
यता संस्कृतविद् सत्यमोहन जोशीले नेवार समुदायमा विभिन्न संस्कृतिलाई प्रेम दिवसका रूपमा मनाइने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,
‘‘अहिले जस्तो प्रेम प्रस्ताव राख्ने चलन थिएन । घरबाट तय भएको केटा वा केटीसँग नै विवाह
गर्नुपर्छ । मनपराएको छ भने कुनै जात्रापर्वमा भेटघाट हुने हो ।’’ होली पर्वको साथै यःमरी पुन्हिको भोलि पल्ट प्रेम दिवस मान्ने चलन भएको जोशीको भनाइ छ ।
यो खुला रूपमा मनाउने चलन नभएकाले लोप भएको जानकारी दिँदै उहाँले प्रेम प्रेममा नै सीमित हुन्थ्यो, विवाहमा परिणत हुन धेरै गाह्रो हुन्छ । समाजको डर, परिवारको इज्जत जाने डरले यस्तो दिन खु्ला रूपमा भने मनाइँदैन ।
यःमरी पुन्हिसँग सम्बन्धित थुप्रै संस्कार र संस्कृतिहरू छन् । लोकप्रिय रूपमा खानाको परिकार यःमरीको चर्चा हुँदै गर्दा यसको वातावरण, मौसम र स्वास्थ्यसँगको सम्बन्धबारे कुराकानी गर्दा यसको अर्को पक्ष भनेको माया पनि हो, लाछीले बताउनुभयो ।
उहाँले परम्परागत समाज अहिले जस्तो माया प्रेममा विषयमा खुल्ला
थिएन । यसरी बन्धनले बाँधिएको समाजमा यःमरी पुन्हिका दिन टोलटोलमा गएर
‘यःमरी माग्न जाने’ परम्पराअनुसार यःमरी माग्दै जाने क्रममा आफ्नो प्रेमी खोज्ने र प्रेमीसँग सुटुक्क कुरा गर्ने चलन भएको बताउनुहुन्छ ।
यःमरी पुन्हिकै दिन भेट्न आउने र कुराकानी राखेर फर्कनेहरू त्यसको भोलिपल्ट भेट्ने गर्छन् । त्यो दिन ‘मतिना पारु’ भनिने जानकारी जोशीले दिनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?