logo
२०८१ मंसिर १२ बुधवार



नाका क्षेत्रमा खानेपानीको समस्या

खुला |


नाका क्षेत्रमा खानेपानीको समस्या
खोलाबाट पानी बोक्दै नाकाबासी । तस्बिर - दिवाकर पोख्रेल


दिवाकर पोख्रेल
देउखुरी, मङ्सिर २९ गते । दाङको नाका क्षेत्रका बासिन्दाका लागि शुद्ध खानेपानीको समस्या छ । स्थानीय खोलाको पानी खान बाध्य छन् ।

भारतसँग सिमा जोडिएका दाङका साना ठूला ३४ वटा नाका क्षेत्रमा दुईहजार भन्दा बढी घरधुरीको बसोबास छ । १० हजार जनसंख्या रहेको नाका क्षेत्रमा खानेपानीको भरपर्दो श्रोत भने छैन ।

दाङको पूर्वको अर्ना नाकादेखि पश्चिमको भौवा नाकामा पानीको समस्या रहेको राजपुर गाउँपालिका वडा नम्बर ७ भौवानाका निवासी सन्तकुमार बुढाले बताउनुभयो ।

पानीको स्रोत नहुँदा वर्षौंदेखि खोलाको पानी पिउनु परेको उहाँले बताउनुभयो । त्यही खोलामा शवहरुको दाहसंस्कार पनि गरिन्छ ।

राजपुर गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष तथा गाउँपालिका प्रवक्ता श्यामबहादुर रोकाले गत वर्ष केही रकम खानेपानीको लागि विनियोजन गरेर काम गरेको भए पनि वर्षा भेलले बगाउँदा समस्या भएको बताउनुभयो ।

नाकाक्षेत्रमा खानेपानीको व्यवस्थाका लागि केन्द्रले ठूलो बजेट छुट्याउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?