१. सन् २०१९ डिसेम्बर १४ मा बेलायतको लन्डनमा सम्पन्न मिस वल्र्ड २०१९ को उपाधि जित्ने युवती को हुन् ?
टोनी एन सिंह, जमैका ।
– प्रतियोगितामा मिस फ्रान्स ओफेली मेजिनो फस्र्ट रनर्सअप र मिस इन्डिया सुमन राव सेकेन्ड रनर्सअप भएका ।
– मिस नेपाल अनुष्का श्रेष्ठले व्युटी विथ पर्पोज र मल्टिमिडिया अवार्ड जित्न सफल । सन् २०१८ को मिस वल्र्डमा सहभागी तत्कालीन मिस नेपाल शृंखला खतिवडाले पनि दुवै उपाधि जित्नुभएको ।
– यस वर्ष उत्कृष्ट १२ भित्र केन्या, नाइजेरिया, ब्राजिल, मेक्सिको, भारत, नेपाल, फिलिपिन्स, भियतनाम, जमैका, फ्रान्स, रूस र कुक आइल्यान्डका सुन्दरीहरू परेका ।
२. काठमाडौँ महानगरपालिकाका प्रथम जननिर्वाचित मेयर जनकमान श्रेष्ठको निधन कहिले भयो ?
विक्रम संवत् २०७६ मङ्सिर २७ ।
(विसं २०१० भदौ १० गते भएको काठमाडौँ नगरपालिकाको स्थानीय निर्वाचनबाट उहाँ निर्वाचित हुनुभएका ।)
३. सन् २०१९ डिसेम्बर १२ मा सम्पन्न बेलायतको संसद्को निर्वाचनमा बहुमत ल्याउन सफल पार्टी कुन हो ?
कन्जरभेटिभ पार्टी ।
– बेलायतको आमचुनावमा सत्तारूढ कन्जरभेटिभ पार्टीको स्पष्ट बहुमतसहितको जितले ब्रेक्जिटको अन्योल समाप्त हुने अपेक्षा गरिएको । ६५० सिट रहेको संसद्मा जोन्सनको पार्टीले ३६४ सिट हासिल गरेको ।
– विपक्षी लेबर पार्टीले २०३ स्थानमात्र जित्न सफल भएको । लेबर पार्टीले पहिलेको तुलनामा ५९ सिट कम जितेको ।
४. हिमालय टेलिभिजनबाट प्रसारित रियालिटी–सो दी भ्वाइस अफ नेपाल सिजन–२ को उपाधि कसले जित्यो ?
राम लिम्बू ।
५. विसं २०७६ मङ्सिर २८ मा मनाइएको १३औँ सङ्घीय संसद् दिवसको नारा के हो ?
लगनशीलता र कर्तव्यनिष्ठता, संसद् दिवसको प्रतिष्ठा ।
६. अमेरिका र चीनबीच व्यापार सहमति कहिले भएको हो ?
सन् २०१९ डिसेम्बर ।
– सहमतिसँगै अमेरिका र चीनबीच विगत १७ महिनादेखि चलिरहेको व्यापार युद्ध
रोकिन पुगेको ।
– सहमतिअनुसार चीनबाट निर्यात हुने एक खर्ब २० अर्ब डलरको सामानमा अमेरिकाले हाल लगाइरहेको १५ प्रतिशत करलाई आधा गरिने भएको । त्यसैगरी चीनले आगामी दुई वर्षभित्र करिब दुई खर्बबराबरको अमेरिकी उत्पादन तथा सेवा खरिद गर्नुपर्ने । १६० अर्ब डलरको चिनियाँ आयातमा डिसेम्बर १५ देखि लगाउने भनिएको अमेरिकी उच्च भन्सार शुल्क रोकिएको । चीनबाट आयात हुने भन्सार शुल्कमा पनि ५० प्रतिशतले कटौती गरिने भएको । सहमतिअनुसार चीन आगामी वर्ष अमेरिकाबाट ५० अर्ब डलरको कृषि उत्पादन तथा अन्य वस्तु खरिद गर्न तयार भएको ।
७. सरकारले विद्युतीय आमसञ्चारमाध्यमबाट सुर्तीजन्य पदार्थ र मदिराको विज्ञापनमा कहिलेदेखि प्रतिबन्ध लगाएको हो ?
विसं २०५५ फागुन ७ ।
८. नेपाल सरकारले नेपालको मध्यपश्चिम एवम् सुदूरपश्चिमका विभिन्न जिल्लामा रहेको हलियाप्रथा उन्मूलन गर्ने निर्णय कहिले ग¥यो ?
विसं २०६५ भदौ २१ ।
९. विश्वकै सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्न सफल नेतृ को हुनुहुन्छ ?
फिनल्यान्डकी सान्ना मरिन (३४ वर्ष) ।
– उहाँ सन् २०१९ डिसेम्बर १० मा प्रधानमन्त्रीका रूपमा संसद्बाट अनुमोदित हुनुभएको ।
– गठबन्धन सरकारमा रहेका पाँच दलमध्ये फिनल्यान्ड सोसल डेमोक्र्याटिक पार्टी (एसडीपी) ले प्रधानमन्त्रीमा उहाँको नाम सिफारिस गरेको ।
१०. संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले सन् २०१९ डिसेम्बर १० मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार मानव विकास सूचकाङ्क, २०१९ मा नेपाल कतिऔँ स्थानमा रहेको छ ?
१४७औँ ।
– यूएनडीपीले सन् २०१९ डिसेम्बर १० मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार मानव विकास सूचकाङ्क–२०१९ मा नेपाल अघिल्लो वर्षको तुलनामा दुई स्थान माथि उक्लिँदै १४७औँ स्थानमा रहेको । गत वर्ष नेपाल १४९औँ स्थानमा रहेको ।
– नेपालले यसपटक ०.५७९ अङ्कका साथ सो स्थान हासिल गरेको । अघिल्लो वर्ष ०.५७४ रहेको ।
– प्रतिवेदनअनुसार नेपालीको औसत आयु ७०.५ वर्ष, विद्यालय रहने अनुमानित समय १२.२ वर्ष, विद्यालयमा रहने सबैभन्दा कम समय ४.९ वर्ष रहेको ।
– नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आय सन् १९९० देखि २०१८ बीचमा करिब १३०.५ प्रतिशतले वृद्धि भएको । कुल राष्ट्रिय आम्दानीको आधारमा प्रतिव्यक्ति आय दुई हजार ७४८ डलर पुगेको ।
– मानव विकासमा ०.९५४ सूचकाङ्कका साथ नर्वे पहिलो स्थानमा रहेको । पश्चिम अफ्रिकी मुलुक नाइजर ०.३७७ का साथ मानव विकासमा अन्तिम अर्थात् १८९औँ स्थानमा रहेको ।
– प्रतिवेदनमा समेटिएका १८९ देशलाई धेरै उच्च, उच्च, मध्यम र न्यून मानव विकास भएका मुलुक गरी चार भागमा विभाजन गरिएकोमा सूचीको ११७औँ देखि १५३औँ स्थानसम्मका देशलाई मध्यम मानव विकास भएको सूचीमा राखिएको ।
मानव विकासमा दक्षिण एसियाली मुलुकको सूचकाङ्क र स्थान
११. गुणस्तरीय कृषि उपज उत्पादनका लागि असल कृषि अभ्यास मापदण्ड (गुड एग्रिकल्चर प्राक्टिस– ग्याप) को प्रमाणपत्र प्राप्त गर्ने पहिलो तीन कृषि फार्म कुन–कुन हुन् ?
ललितपुरको टीकालीस्थित कृषि परियोजना, काठमाडौँको रामकोटस्थित सदावहार कृषि फार्म र रामकोटकै मैत्रीमङ्गलम अर्गानिक कृषि फार्म ।
(कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अन्तर्राष्ट्रियस्तरमा अभ्यासमा रहेको गुड एग्रिकल्चर प्राक्टिस (ग्याप) लागू गर्दै प्रमाणपत्र उपलब्ध गराउन थालेको । सरकारले यसअघि नै असल कृषि अभ्यास कार्यान्वयन निर्देशिका–२०७५ जारी गरिसकेको ।)
१२. समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि राष्ट्रिय योजना आयोगद्वारा तय गरिएका सूचक कतिवटा छन् ?
५५ (समृद्धिका ३२ र सुखका २३ वटा सूचक ।)
१३. पृथ्वीको तरल इन्द्रेणी भनी चिनिने नदी कुन हो ?
क्यानो कृस्टालेस (कोलम्बिया) ।
१४. सार्वजनिक यातायात सेवा निःशुल्क गर्ने विश्वकै पहिलो मुलुक कुन हो ?
लक्जेम्वर्ग ।
१५. पाइलटको सहायताविना जहाजको उडान एवंम् अवतरण गर्ने प्रविधिलाई के भनिन्छ ?
स्याटेलाइट नेभिगेसन सिस्टम ।
१६. नागरिक स्वस्थताका आधारमा सफलता मापन गर्ने विश्वको पहिलो राष्ट्र कुन हो ?
न्युजिल्यान्ड ।
१७. आईएसआईले भारतको जम्मु र कास्मिरमा नयाँ राज्य स्थापना गर्ने घोषणा कहिले गरेको हो ?
सन् २०१९ मे ।
१८. नेपालमा ज्येष्ठ नागरिक दिवस कहिलेदेखि मनाउन सुरु गरिएको हो ?
विसं २०६२ ।
१९. राष्ट्रिय प्रकृति संरक्षण कोषको स्थापना कहिले भएको हो ?
विसं २०३९ कात्तिक ३ ।
२०. सर्वप्रथम ऐन प्रमाणित गर्ने जनप्रतिनिधि को हुनुहुन्छ ?
सुवास नेम्वाङ पेस्की खर्च ऐन, २०६३) ।
२१. रेड कर्नर नोटिस भनेको के हो ?
अपराधीलाई खोजतलास एवम् पक्राउ गर्न अन्तर्राष्ट्रियस्तरमा जारी गरिने सूचना ।
२२. नेपालको पहिलो दूतावास कहाँ खोलिएको थियो ?
बेलायत ।
२३. काठमाडौँबाट सबैभन्दा नजिकमा पर्ने हिमाल कुन हो ?
जुगल ।
२४. हालको निजामती किताबखानाले गर्ने काम पहिला कुन अड्डाले गथ्र्यो ?
कमान्डरी किताबखाना ।
२५. काठमाडौँ महानगरपालिकाले सडक मानवमुक्त महानगर अभियान कहिलेदेखि सुरु गरेको हो ?
विसं २०७६ मङ्सिर २९ ।
– काठमाडौँ क्षेत्रभित्र कोही पनि चिसोमा कठ्याङ्ग्रिएर र एक छाक खान नपाएर सडकमा बस्न नपरोस् भन्ने उद्देश्यले यो अभियान सुरु गरिएको । काठमाडौँ महानगरपालिका, मानव सेवा आश्रम, काठमाडौँ जिल्ला प्रशासन र महानगर प्रहरीको सहकार्यमा अभियान अगाडि बढाउन थालिएको ।
– सरकारको यस वर्षको नीति तथा कार्यक्रममा पनि कोही भोकै पर्दैन, भोकले कोही मर्दैन नारा तय गरिएको । यही नीतिअनुसार नै सरकारले यो आर्थिक वर्षको बजेटमा सडक मानव व्यवस्थापन गर्न आवश्यक पहल गर्ने जनाएको । यही नीतिअनुसार भरतपुर महानगरपालिका सडक मानवमुक्त पहिलो महानगर र मकवानपुर जिल्ला सडक मानवमुक्त घोषित भइसकेका ।
२६. नेपालका शाहजहाँ भनेर कसलाई चिनिन्छ ?
खड्गशमशेर ।
२७. ‘गेट वे अफ नेपाल’ भनी नेपालको कुन ठाउँलाई चिनिन्छ ?
वीरगन्ज ।
२८. १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा पुरुष फुटबलको उपाधि जित्ने राष्ट्र कुन हो ?
सागमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल राष्ट्र क्रमशः भारत, नेपाल र श्रीलङ्का रहेका ।
– मङ्सिर १५ बाट काठमाडौँमा औपचारिक रूपमा सुरु भएको प्रतियोगिताको उद्घाटन र समापन पनि उल्लासमय तरिकाले भएको ।
– यसपटकको साग नेपालका लागि विभिन्न दृष्टिले गर्व गर्नलायक बनेको । ५१ स्वर्णसहित कुल २०६ पदक जितेर नेपालले सागमा दोस्रो हैसियत हासिल गरेको । दक्षिण एसियाको सबैभन्दा ठूलो खेलकुद महोत्सव नेपालले २० वर्षपछि आयोजना गरेको । पहिलोपटक सन् १९८४ मा नेपालबाट सुरु भएको सागको आयोजना गर्ने अवसर नेपालले तेस्रोपटक पाएको नेपालले दोस्रोपटक सन् १९९९ मा सागको आयोजना गरेको । यसैपटक पोखरा र जनकपुरले पहिलोपल्ट साग आयोजनाको हिस्सेदार बन्ने अवसर पाएका ।
– प्रतियोगितामा नेपालका ५९९ सहित कुल दुई हजार ९१० खेलाडीले एक हजार ६३ पदकका लागि प्रतिस्पर्धा गरेका ।
– सागमा म्याराथनमा नेपालका किरणसिंह बोगटीले स्वर्णपदक हासिल गरेका । उहाँले दुई घण्टा २१ मिनेट १७ सेकेन्डमा सो दौड पूरा गरेका । यो नेपालले सन् १९९५ मा भएको सागपछि जितेको स्वर्ण हो ।
– धाविका सन्तोषी श्रेष्ठले महिला १० हजार मिटरमा स्वर्णपदक जितेर इतिहास रच्नुभएकी । दक्षिण एसियाली खेलकुदको एथ्लेटिक्समा नेपाली महिला खेलाडीले स्वर्णपदक जितेको यो पहिलोपटक हो । सन्तोषीले ३५ मिनेट ०७.९४ सेकेन्डमा सो दौड पूरा गरी भारतकी कविता यादवलाई ०.०१ मिलिसेकेन्डले पछाडि पारेर उपाधि हासिल गरेको ।
– यस सागमा नेपालले साइक्लिङतर्फको प्रतिस्पर्धामा ऐतिहासिक जित हात पारेको । साइक्लिङको डाउनहिलतर्फ महिला र पुरुष दुवै स्पर्धामा नेपालले स्वर्णपदक जितेको । पुरुषतर्फ राजेश मगर र महिलातर्फ निस्मा श्रेष्ठले स्वर्णपदक जितेका । यो सागको साइक्लिङतर्फ नेपालले जितेको पहिलो स्वर्ण हो ।
– यसअघिका सागका १२ संस्करणमा नेपालका कुनै खेलाडीले एकै संस्करणमा दुई स्वर्ण जित्न नसकेका । यसपटक भने गौरिकाले चार स्वर्ण साथै कराँतेका मन्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुभाष तामाङले २–२ स्वर्ण जित्न सफल हुनुभएका ।
– कुस्तीकी सङ्गीता धामीले ५५ केजी तौल समूहमा स्वर्णपदक जित्नुभएको ।
– गोपीचन्द्र पार्कीले १० हजार मिटर दौडमा स्वर्ण हात पार्नुभएको ।
– सागमा विजयी खेलाडीलाई विसं २०७६ मङ्सिर २५ मा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा दुईभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई जनही ११ लाख, एउटामात्र स्वर्ण जित्नेलाई नौ लाख, रजत विजेता खेलाडीलाई छ लाख र कास्य विजेतालाई तीन लाख रुपियाँ सरकारको तर्फबाट दिने घोषणा भएको ।
– समूहमा स्वर्ण जित्ने खेलाडीले भने जनही पाँच लाख पाउने भएका ।
– यसअघि (खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि–२०७२ मा) सागका स्वर्ण विजेतालाई पाँच लाख, रजतलाई तीन लाख र कास्य विजेतालाई दुई लाख दिने व्यवस्था रहेको ।
– प्रतियोगिता (साग) को लोगो र मस्कट विसं २०७६ वैशाख ३० (सन् २०१९ मे १३) मा सार्वजनिक भएको । लोगोका निर्माता भोला पौडेल रहेका ।
– चौधौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता पाकिस्तानमा आयोजना हुने ।
– विसं २०७६ मङ्सिर २३ मा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सचिवालय नेपालमा राख्ने निर्णय गरेको ।
२९. आदिप्रयाग भनेर कुन क्षेत्रलाई बुझाउँछ ?
देवघाट ।
३०. काठमाडौँ उपत्यकामा महानगरीय प्रहरीको व्यवस्था कहिलेदेखि गरियो ?
विसं २०६३ मङ्सिर १ ।
प्रस्तुतकर्ता : टङ्क केसी